झापामा ३५ हजारभन्दा बढी मतदाता थपिए
सारांश
- झापामा ३५ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्।
- जिल्ला निर्वाचन कार्यालयका अनुसार, मतदाताको सङ्ख्या सात लाख १४ हजार ५९५ पुगेको छ।
- राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउने व्यवस्था मिलाइएको छ।
झापा । जिल्लामा ३५ हजार ९८२ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले कार्यालयमा उपस्थिति भएर जैविक विवरण (बायोमेट्रिक्स) मार्फत ११ हजार ७३३ र राष्ट्रिय परिचयपत्रमार्फत २४ हजार २४९ जना मतदाता थपिएको जानकारी दिए ।
उनका अनुसार झापामा नयाँ थपिएका मतदातासहितको सङ्ख्या सात लाख १४ हजार ५९५ पुगेको छ । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय पनि सकिएको छ ।
आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने व्यवस्था गराएपछि अनलाइनबाट नाम दर्ता गराउनेको सङ्ख्या थपिएको उनले बताए ।
थपिएका मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलोपटक मतदान गर्न पाउनेछन् । अन्तरिम सरकारले अध्यादेशमार्फत निर्वाचन कानुन संशोधन गरेर नयाँ मतदाता अद्यावधिक गर्ने निर्णय गरेपछि हाल उमेर पुगेका नागरिकले मतदाताको सूचीमा नाम दर्ता गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीको दोस्रो गोल, अर्जेन्टिना जिततर्फ उन्मुख
-
‘मन्त्रालय गाभ्नु राम्रो हो, अब असारे विकास प्रवृत्ति हटाउनुपर्छ’
-
पहिलो हाफमा मेसीको गोलमा अर्जेन्टिनाको अग्रता
-
विद्यालयलाई अनुदानः शिक्षक विद्यार्थीलाई पुरस्कार
-
उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबीसी पदमार्ग
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण