दक्षिणकालीमा मोटरसाइकल अनियन्त्रित भएर खोलामा खस्यो, चालकको मृत्यु
मङ्गलबार, ०९ मङ्सिर २०८२, १९ : १५
काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका–५ स्थित डल्लुमा मोटरसाइकल अनियन्त्रित भएर डल्लु खोलामा खसेको छ ।
नौमुले तर्फ जाँदै गरेको बागमती प्रदेश–३–०२–०१० प ४२६२ नम्बरको मोटरसाइकल सोमबार खोलामा खसेको थियो ।
सडकबाट करिब १५ मिटर तल खोलमा मोटरसाइकलसँगै खसेका चालकको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
मृत्यु हुनेमा दक्षिणकाली नगरपालिका–५ बस्ने ६० वर्षीय राम तामाङ छन् । उनको मंगलबार बल्खु स्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनपछि रास्वपाको केन्द्रीय समितिको पहिलो बैठक वनस्थलीमा
-
चालु वर्षमा २७५ निर्माण कम्पनी कालोसूचीमा, ३२ कम्पनी निलम्बन पर्दा १० को फुकुवा
-
छानबिनमा परेका तत्कालीन महानिर्देशक ढकाल मन्त्रालयमा हाजिर गर्दै
-
पहिरोका कारण स्याङ्जाको दुई ठाउँमा सडक अवरुद्ध
-
देशका विभिन्न स्थानमा ५ वर्षीया बालिकासहित चार जना मृत फेला
-
रास्वपाका केन्द्रीय सदस्यलाई प्रमाणपत्रसहित रविले दिए घण्टी उपहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण