प्रधानमन्त्री कार्कीले गरिन् मुख्यसचिव अर्यालको बिदाइ
मङ्गलबार, ०९ मङ्सिर २०८२, १९ : ५६
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले मङ्गलबार रातिदेखि अनिवार्य अवकाशमा जान लागेका मुख्यसचिव एकनारायण अर्यालको बिदाइ गरेकी छिन्।
सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले अर्यालको बिदाइ गरेकी हुन्।
अर्याललाई बिदाइ गर्दै प्रधानमन्त्री कार्कीले आगामी दिन सुखमय रहोस् भन्ने शुभकामना दिइन् । बिदाइ कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो। बिदाइ क्रममा अर्याललाई सम्मानपत्रले सम्मान समेत गरिएको थियो।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले रक्षा सचिव सुमनराज अर्याललाई नयाँ मुख्य सचिव बनाउने निर्णय गरिसकेको छ।
अर्याल २०८१ भदौ १३ गते मुख्य सचिव नियुक्त भएका थिए। उनी ५८ वर्षीय उमेर हदका कारण मङ्गलबार रातिदेखि अनिवार्य अवकाशमा गएका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण