लेभरकुसेनसँग स्तब्ध बन्यो म्यानचेस्टर सिटी
बुधबार, १० मङ्सिर २०८२, ०३ : ५७
सारांश
- च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी लेभरकुसेनसँग २-० ले पराजित भयो।
- लेभरकुसेनका लागि एलेहान्द्रो ग्रिमाल्डो र प्याट्रिक सिकले गोल गरे।
- सिटी घरेलु मैदानमा पराजित हुँदा लेभरकुसेनले तीन अङ्क जोड्यो।
काठमाडौँ । नेपाली समय अनुसार (आज) बुधबार भएको च्याम्पियन्स लिगमा लेभरकुसेनसँग म्यानचेस्टर सिटी स्तब्ध बनेको छ ।
म्यानचेस्टर सिटी घरेलु मैदानमा जर्मन क्लब लेभरकुसेनसँग २-० ले पराजित भएको हो।
खेलको २३औँ मिनेटमा एलेहान्द्रो ग्रिमाल्डोले लेभरकुसेनलाई अग्रता दिलाए।
खेलको ५४ औँ मिनेटमा प्याट्रिक सिकले थप गोल गर्दै लेभरकुसेनलाई २–० को मजबुत अग्रता दिलाए। दोस्रो हाफमा सिटीले खेलमा फर्कने कोसिस जारी राखे पनि सफल हुन सकेन ।
जितसँगै लेभरकुसेनले तीन अङ्क जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण