भारतले नेपाली भाषामा पनि अनुवाद गर्यो आफ्नो संविधान
सारांश
- भारतले बुधबार आफ्नो संविधान दिवस मनायो र नेपाली भाषामा अनुवादित संविधान सार्वजनिक गर्यो।
- राष्ट्रपति द्रौपदी मुर्मूले विशेष कार्यक्रममा नेपाली सहित ९ भाषामा अनुवादित संविधान जारी गरिन्।
- अनुवादित संविधानमा मलयालम, मराठी, पञ्जाबी, बोडो, कश्मिरी, तेलुगु, ओडिया र असमिया भाषा समावेश छन्।
नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतले बुधबार आफ्नो संविधान दिवस मनाइरहेको छ । २६ नोभेम्बरका दिन भारतले संविधान दिवस मनाउँदै आएको छ ।
७६ औँ संविधान दिवसका अवसरमा बुधबार भारतले नेपाली भाषामा समेत आफ्नो संविधानको अनुवादित प्रति जारी गरेको छ ।
संविधान दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले नेपालीसहित विभिन्न ९ भाषामा भारतीय संविधानको अनुवादित प्रति जारी गरेकी हुन् ।
विशेष समारोहलाई सम्बोधन गर्दै उनले मलयालम, मराठी, नेपाली, पञ्जाबी, बोडो, कश्मिरी, तेलुगु, ओडिया र असमियासहित ९ भाषामा संविधानको अनुवादित प्रति जारी भएको बताइन् ।
#WATCH | Delhi: President Droupadi Murmu releases the translated version of the Constitution in nine languages, including Malayalam, Marathi, Nepali, Punjabi, Bodo, Kashmiri, Telugu, Odia and Assamese.
— ANI (@ANI) November 26, 2025
(Source: PMO/YouTube) pic.twitter.com/kMFSweObCG
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण