मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले ‘मेरो देश, मेरो जिम्मेवारी’ अभियान सुरु गर्यो

बुधबार, १० मङ्सिर २०८२, १४ : ०७
बुधबार, १० मङ्सिर २०८२

सारांश

  • प्राज्ञिक विद्यार्थी परिषद् नेपालले ‘मेरो देश, मेरो जिम्मेवारी’ अभियान सुरु गर्यो ।
  • यो अभियानले युवा र विद्यार्थीलाई सकारात्मक सोच र नागरिक जिम्मेवारीप्रति प्रेरित गर्ने लक्ष्य राखेको छ ।
  • अभियानमा ‘राष्ट्रका लागि सङ्कल्प’ कार्यक्रम र अन्य गतिविधिहरू समावेश छन्।

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले ‘मेरो देश, मेरो जिम्मेवारी’ नाराका साथ देशव्यापी शुचिता–जागरण अभियान २०८२ सुरु गरेको छ। विराटनगरमा आयोजित पत्रकार सम्मेलन मार्फत् परिषद्ले देशभरका युवा र विद्यार्थीलाई सकारात्मक सोच, अनुशासन, इमानदारी र नागरिक जिम्मेवारीतर्फ उन्मुख गराउने उद्देश्यसहित अभियान प्रारम्भ गरेको घोषणा गरेको हो ।

परिषद्ले सामाजिक नकारात्मकतालाई अन्त्य गर्न र सकारात्मक मूल्य–मान्यतालाई पुनःस्थापना गर्दै जिम्मेवार नागरिक निर्माण गर्ने अभियानको ध्येय रहेको छ ।

अभियान अन्तर्गत देशभरका क्याम्पस र समुदायमा ‘राष्ट्रका लागि सङ्कल्प’ कार्यक्रम, साहित्यिक–सांस्कृतिक गतिविधि, पोस्टर र सूचना–सामग्री वितरण तथा ‘नागरिक गोष्ठी’ आयोजना गरिने अभियानका संयोजक दिनेश कार्कीले जानकारी दिए । उनीहरूका अनुसार परिषद्ले युवाबीच नागरिक कर्तव्य र राष्ट्रप्रेमबारे स्पष्ट धारणासहित व्यवहारिक रूपान्तरणतर्फ प्रेरित गर्ने लक्ष्य राखेको छ । संयोजक कार्कीले भने, “देश परिवर्तनको आधार जिम्मेवार नागरिक निर्माण हो । युवा पुस्ताको सकारात्मक चेतना र अनुशासनबोधलाई सुदृढ बनाउँदै जाँदा मात्र राष्ट्र बलियो बन्छ ।”

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप