विश्वकै 'सबैभन्दा बलियो महिला'को उपाधि जितेकी बुकर पुरुष भएको दाबी
सारांश
- अमेरिकी एथलिट जैमी बुकरबाट 'विश्वकी सबैभन्दा बलियो महिला'को उपाधि खोसियो।
- जैमी बुकरले उपाधि जितेपछि, आयोजकले उनी पुरुष भएको दाबी गरे।
- बेलायतकी एन्ड्रिया थम्पसनलाई अब विश्वकी सबैभन्दा बलियो महिला घोषित गरियो।
एजेन्सी । अमेरिकी एथलिट जैमी बुकरबाट 'विश्वकी सबैभन्दा बलियो महिला'को उपाधि खोसिएको छ । वर्ल्ड स्ट्रन्गेस्ट वुमन प्रतियोगिताका आयोजकहरूले बुकर जैविक रूपमा पुरुष भएको दाबी गर्दै यो निर्णय लिएका हुन् ।
बुकरले गत नोभेम्बर २३ मा यो प्रतिष्ठित खिताब जितेकी थिइन् । तर, आयोजकहरूको निर्णयपछि अब बेलायतकी एन्ड्रिया थम्पसनलाई विश्वकी सबैभन्दा बलियो महिला घोषित गरिएको छ ।
टेक्सासस्थित गत हप्ता सम्पन्न भएको उक्त प्रतियोगितामा बुकरले निकै कम अन्तरले थम्पसनलाई हराएर उपाधि जितेकी थिइन् । प्रतियोगिताका आयोजकहरूले स्पष्ट पारेका छन् कि खेलाडीहरूले जन्मको समयमा दर्ता गरिएको जैविक लिंगसँग मेल खाने वर्गमा मात्र भाग लिन पाउनेछन् ।
यो घटनाले अन्तर्राष्ट्रिय खेलकुद जगतमा ठुलो चर्चा पाएको छ, किनकि धेरै अन्तर्राष्ट्रिय खेल संघहरूले ट्रान्सजेन्डर एथलिटहरूका लागि फरक–फरक नीतिहरू लागु गरिरहेका छन् । यस मामिलाले लिंग पहिचान र जैविक लिंगका आधारमा खेलकुदमा सहभागितासम्बन्धी बहसलाई थप चर्काएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
-
गैरकानुनी व्यापार व्यवसाय गर्नेलाई कडा कारबाही गर्ने विभागको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण