शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

जसपाका मधेस प्रदेश अध्यक्ष यादवले दिए राजीनामा

बिहीबार, ११ मङ्सिर २०८२, १९ : ००
बिहीबार, ११ मङ्सिर २०८२

सारांश

  • अशोक कुमार यादवले जसपाको मधेस प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका छन्।
  • उनले देश र मधेसको विकास मधेस केन्द्रित दलबाट सम्भव नभएको भन्दै पार्टी छाडेका हुन्।
  • यादवले अन्याय, अत्याचार विरुद्ध आवाज उठाउँदा जेल र मुद्दा भोगेको उल्लेख गरे।

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको मधेस प्रदेशका अध्यक्ष अशोककुमार यादवले राजीनामा दिएका छन् ।

उनले आज जसपाको अध्यक्षसमक्ष साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् । वर्तमान राजनीतिक अवस्थामा देश र मधेसको विकास तथा अधिकारको रक्षा मधेस केन्द्रित दलहरूबाट सम्भव नहुने भन्दै उनले जसपाबाट राजीनामा दिएका हुन् ।

उनले राजीनामा पत्रमा भनेका छन्, ‘मधेसी जनअधिकार फोरम नेपाल बाट राजनीति सुरु गरी हाल जनता समाजवादी पार्टीसम्म आउँदा सधैँ अन्याय, अत्याचार, शोषण तथा विभेदविरुद्ध अबाज उठाउँदा कैयन पटक थुना, जेल र मुद्दा मामिलाहरू भोग्दै आफ्नो ज्यान समेतको प्रवाह नगरेको म आज मितिबाट सम्हाल्दै आएको पार्टीको जिम्मेवारी तथा पार्टीको धारण सदस्य समेतबाट राजीनामा गर्दछु ।’

जसपाका उपाध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा केही नेताहरू आजै नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्न लागेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप