बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

आन्तरिक राजस्व कार्यालय विराटनगर कर्मचारी निवासबाट सञ्चालन हुने

बिहीबार, ११ मङ्सिर २०८२, १४ : २८
बिहीबार, ११ मङ्सिर २०८२

विराटनगर । आन्तरिक राजश्व कार्यालय विराटनगर कार्यालय कर्मचारी निवासबाट सञ्चालनमा आउने भएको छ ।

जेनजी आन्दोलनको क्रममा गएको भदौ २४ गते राजस्व कार्यालय ध्वस्त भएको थियो ।

आगजनीबाट कार्यालयको मुख्य भवन प्रयोग गर्न नमिल्ने भएपछि सँगै जोडिएको कर्मचारीको निवास गृहलाई कार्यालय बनाउनेगरी काम अगाडि बढेको हो ।

कार्यालय भवनको तल्लो भागमा बढी क्षति भएकोले त्यसलाई मर्मत सम्भार गर्दा पनि बस्ने योग्य नरहेको प्राविधिक रिपोर्टपछि कार्यालयले वैकल्पिक उपाय खोजी गरेको हो । 

आगजनीको क्रममा कर्मचारीको निवासमा सामान्य मात्र क्षति पुगेको थियो । सोही भवनलाई कार्यालय बनाउनेगरि अहिले मर्मत सम्भारको काम भइरहेको छ ।

आन्तरिक राजश्व कार्यालय विराटनगरका कर अधिकृत एवं सूचना अधिकारी नवराज भट्टराईले निवासलाई कार्यालय बनाउनेगरी मर्मतको काम भइरहेको जानकारी दिए । केही दिनभित्र निर्माणको काम पुरा भएपछि सोही भवनबाट कार्यालय सञ्चालनल हुनेछ ।

कार्यालयको कर्मचारी निवास तीन तले रहेको छ । सो भवन प्रयोग गरेपछि कार्यालय सञ्चालनका लागि ठाउँको अभाव नहुने सूचना अधिकारी भट्टराईले बताए ।

जेनजीको आन्दोलनपछि कार्यालय जलेको कारण खुला मैदानबाट कार्यालयको काम सञ्चालन भइहरेको छ भने कर्मचारीहरू भाडाको घरमा बसिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप