बहुमत ल्याएर देशलाई अघि बढाउँछौँ: हर्क साम्पाङ
सारांश
- हर्क साम्पाङले देशमा व्याप्त भ्रष्टाचार, विभेद र राजनीतिक अस्थिरताका कारण परिवर्तन नभएको बताए ।
- श्रम संस्कृति पार्टीले बहुमत ल्याएर देशलाई परिवर्तनको बाटोमा लैजाने साम्पाङको भनाइ छ ।
- उनले श्रमको सम्मान, व्यावहारिक शिक्षा र सादगी जीवनमार्फत राष्ट्रलाई समृद्धितर्फ लैजाने लक्ष्य राखेका छन् ।
ताप्लेजुङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा व्याप्त भ्रष्टाचार, विभेद र राजनीतिक अस्थिरताका कारण आमूल परिवर्तन नभएको बताएका छन् । ताप्लेजुङमा बिहीबार आयोजित पार्टीको कार्यक्रममा साम्पाङले बढ्दो भ्रष्टाचार, विभेद, श्रमको सम्मान नहुनुजस्ता कारणले देश विकासको बाटोमा अघि बढ्न नसकिरहेको जिकिर गरे ।
अध्यक्ष साम्पाङले देश परिवर्तन गर्न श्रम संस्कृति पार्टीले बहुमत ल्याएर देशलाई परिवर्तनको बाटोमा अघि बढाउने दाबी गरे । उनले विदेशीको इसारामा नचल्ने, नेपालको माटो–भूमि संरक्षण गर्ने, नागरिकलाई श्रममार्फत आत्मनिर्भर बनाउने र शिक्षामा व्यावहारिक परिवर्तन ल्याउनेजस्ता विषय आफ्ना प्राथमिकतामा रहेको भन्दै आगामी निर्वाचनमा भोटका लागि अपिलसमेत गरे ।
जनताको जितका लागि श्रमको सम्मान, व्यावहारिक शिक्षा र सादगी जीवनमार्फत राष्ट्रलाई समृद्धितर्फ लैजाने नै पार्टीको लक्ष्य रहेकाले सोहीअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। श्रम संस्कार, संस्कृति र प्रविधिको विकाससहित अघि बढ्ने आफ्नो पार्टीको लक्ष्य रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनपछि रास्वपाको केन्द्रीय समितिको पहिलो बैठक वनस्थलीमा
-
चालु वर्षमा २७५ निर्माण कम्पनी कालोसूचीमा, ३२ कम्पनी निलम्बन पर्दा १० को फुकुवा
-
छानबिनमा परेका तत्कालीन महानिर्देशक ढकाल मन्त्रालयमा हाजिर गर्दै
-
पहिरोका कारण स्याङ्जाको दुई ठाउँमा सडक अवरुद्ध
-
देशका विभिन्न स्थानमा ५ वर्षीया बालिकासहित चार जना मृत फेला
-
रास्वपाका केन्द्रीय सदस्यलाई प्रमाणपत्रसहित रविले दिए घण्टी उपहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण