फिल्म ‘काजी’ २७ चैत्र रिलिज हुने
काठमाडौँ । फिल्म ‘काजी’ २७ चैत्र रिलिज हुने भएको छ । निर्माण युनिटले शुक्रबार फिल्मको फष्टलुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
रामप्रसाद रिजालको प्रस्तुतिमा निर्माण भएको फिल्ममा विपिन कार्की केकी अधिकारी मुख्य भुमिकामा छन् । फिल्मको फष्टलुक्समा पनि विपिन र केकी देखिएका छन् । फष्टलुक्स हेर्दा फिल्म पारिवारिक लभस्टोरीमा केन्द्रित रहेको अनुमान गर्न सकिन्छ ।
फिल्ममा विपिन र केकीसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मालगायतको अभिनय छ ।
यसै फिल्मबाट लक्ष्मण रिजाल निर्देशनमा ८ वर्षपछि पर्किएका हुन् । ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ लगायतका फिल्म निर्देशन गरेका रिजालको यो फिल्म रिजाल एण्ड रिजल प्रोडक्सनको व्यानरमा राम प्रसाद रिजालले निर्माण गरेका हुन् । फिल्मको कार्यकारी निर्माता असिम काफ्ले, निर्माता नेहान रिजाल, बिकाश राज जोशी रहेका छन् ।
फिल्मको वितरक जिम्मा श्रीराम बालाजी फिल्मस्ले गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण