एमाले मकवानपुरका अध्यक्ष पोखरेल महाधिवेशन प्रतिनिधिमा पराजित
हेटौँडा । नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल महाधिवेशन प्रतिनिधि पदमा पराजित भएका छन् । एमाले ११ औँ केन्द्रीय महाधिवेशनको लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिस्पर्धा गरेका पोखरेल शनिबार सम्पन्न निर्वाचनमा पराजित भएका हुन् ।
मङ्सिर २७ गते देखि २९ गते काठमाडौँमा हुने एमालेको ११ औँ महाधिवेशनका लागि मकवानपुरका २ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरू छनोट भइसकेका छन् । मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ मा सर्वसम्मतिबाट प्रतिनिधि चयन गरिएको छ भने क्षेत्र नम्बर–१ मा शनिबार चुनाव भएको थियो ।
शनिवार हेटौँडाको हुप्राचौरमा रहेको पशुपति मन्दिरको सभाहलबाट २२ जना प्रतिस्पर्धीहरूमध्ये ८ जना निर्वाचित भएका हुन् । जसमा अध्यक्ष पोखरेलले ३३४ मत पाएका थिए ।
सो निर्वाचनमा नवीन सिग्देल, फुर्वा दोर्जे लामा, सुनिल मोक्तान, अणराज जर्गामगर, आरती पाठक, सीता विष्ट, विनाकुमारी थिङ र बोलबहादुर कार्की निर्वाचित भएका छन् । सिग्देल, लामा र मोक्तान क्रमशः हेटौँडा ४, १० र १५ का वडा अध्यक्ष हुन् ।
मकवानपुर क्षेत्र नम्बर–२ बाट भने महाधिवेशन प्रतिनिधिका रूपमा बलराम बल, एकलाल श्रेष्ठ, हिदम लामा, विदुर हुमागाई, सुमित्रा काफ्ले, भगवती पुडासैनी, गीता प्रजा र रोहण लामा निर्विरोध रूपमा चयन भएका छन् ।
सो क्षेत्रबाट मात्र खुलातर्फ १६, महिलातर्फ १० र युवातर्फ ६ गरी जम्मा ३२ जनाले उम्मेदवारी दर्ता गरेका थिए । निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत सूर्यचन्द्र न्यौपानेका अनुसार महाधिवेशनमा सहभागी हुन मकवानपुरबाट क्षेत्र नम्बर १ बाट खुला ४, महिला ३ र युवा १ गरी ८ जना तथा क्षेत्र नम्बर २ बाट पनि सोही अनुपातमा ८ जना प्रतिनिधि चयन हुने व्यवस्था बमोजिम निर्विरोध चयन गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र निर्माणका लागि राष्ट्रिय सहमतिको आवश्यकता
-
क्रियाशील सदस्यता ‘अध्यावधिक’बाट घट्यो कांग्रेसको साइज
-
नेपालमै पहिलो पटक एनिमेसन चलचित्र महोत्सव–२०२६ हुने
-
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै, एफएटीएफले दियो ६ बुँदे निर्देशन
-
गर्भवती महिलाको उद्धार
-
पूर्वमन्त्री खरेलको पार्थिव शरीर कांग्रेस मुख्यालयमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण