बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

एमाले महाधिवेशन प्रतिनिधि छनोटः रोल्पाबाट को को छानिए ?

आइतबार, १४ मङ्सिर २०८२, २० : १३
आइतबार, १४ मङ्सिर २०८२

बुटवल । नेकपा एमाले ११औँ महाधिवेशनका लागि लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये ११ वटामा शनिबार नै प्रतिनिधि छनोट भइसकेका थिए । रोल्पामा भने आज मात्र छनोट गरिएको छ । 

यहाँ दुई जना खुला प्रतिनिधिका लागि तीन जना र दुई जना महिलाका लागि चार जनाको उम्मेदवारी परेको थियो । निर्वाचन प्रक्रिया लम्बाएर आइतबार साँझ सर्वसम्मत प्रतिनिधि घोषणा गरिएको हो । 

रोल्पाबाट खुला २, महिला २, युवा १ र दलित १ गरी ६ जना प्रतिनिधि चयन भएका निर्वाचन समितिले जनाएको छ । 

जस अनुसार खुलातर्फ शान्त कुमारी वली र बालाराम बुढा रहेका छन् । महिलातर्फ सावीत्रा कुमारी बुढा(घर्ती) र जगमती बस्नेत चयन भएका छन् । यस्तै युवातर्फ अमृत बहादुर बुढा र दलिततर्फ पहल बहादुर विक छनोट गरिएको निर्वाचन कमिटी संयोजक बालकृष्ण आचार्यले जनाएका दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप