नोभेम्बर १ सम्मका राहदानी तयार, विभागद्वारा देश–विदेशका कार्यालयतर्फ पठाउने तयारी
सारांश
- राहदानी विभागले २०२५ नोभेम्बर १ सम्म दर्ता भएका राहदानीहरू पठाउने तयारी गर्दैछ।
- विभिन्न जिल्ला र दूतावासका राहदानीहरू तयार भई पठाउन लागिएको छ।
- अर्घाखाँची, भक्तपुर, काठमाडौँ लगायतका जिल्ला र देश बाहिरका दूतावासहरूमा राहदानी तयार छन्।
काठमाडौँ। राहदानी विभागले सन् २०२५ नोभेम्बर १ सम्म विभिन्न जिल्लागत तथा विदेशस्थित दूतावास कार्यालयहरू मार्फत दर्ता भएका राहदानी आवेदकका राहदानीहरू तयारी पूरा भई सम्बन्धित स्थानतर्फ पठाउने तयारी भइरहेको जानकारी दिएको छ।
विभागले आइतबार एक सूचना मार्फत उक्त अवधिमा आवेदन दिएका राहदानीहरू तयार भई सम्बन्धित स्थानतर्फ पठाउने क्रममा रहेको जनाएको छ।
देशका विभिन्न स्थानहरूमा तयार भएका राहदानीमध्ये अर्घाखाँचीमा ६९५, भक्तपुरमा ४९३, गौरिगञ्जमा १६१, इलाममा १६०, कपिलवस्तुमा १,२८७, काठमाडौँमा १,०४०, काभ्रेपलाञ्चोकमा १,३५३, लमजुङमा ७९३, ललितपुरमा ३९९, नवलपरासी पूर्वमा ३९०, नुवाकोटमा १,२९१, रामेछापमा ५१५, रसुवामा २६८, सिन्धुलीमा ७८९, सिन्धुपाल्चोकमा ९०४ र तनहुँमा १९८ राहदानीहरू तयारी अवस्थामा छन्।
त्यस्तै, बहराइनमा २२८, ग्रेट ब्रिटेन ९न्एए० मा १,३०९, मलेसियामा १,१५८, ओमानमा १२२, थाइल्यान्डमा १३६ र कतारमा १,६०५ राहदानीहरू पठाउने प्रक्रियामा रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण