एमाले मोरङ जिल्ला कमिटी पूर्व सचिव रुपेश खतिवडा नेकपामा प्रवेश
विराटनगर । नेकपा एमाले मोरङ जिल्ला कमिटी पूर्व सचिव रुपेश खतिवडा नेपाली कम्युनिष्ट पार्टी ((नेकपा)मा प्रवेश गरेका छन् ।
सोमबार विराटनगरमा आयोजित सन्देशसभामा उनलाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल लगायत नेताहरूले पार्टीमा स्वागत गरेका हुन् ।
खतिवडाको राजनीतिक यात्रा २०४५ सालमा अनेरास्ववियुको सदस्यता प्राप्तिसँगै सुरु भएको थियो । मोरङको अरनिको मा.वि. बाट एसएलसी उत्तीर्ण गरेपछि उनी दमक बहुमुखी क्याम्पस हुँदै त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको विद्यार्थी राजनीतिमा होमिएका थिए ।
२०५६ देखि २०५७ सम्म अनेरास्ववियु त्रिवि कमिटी उपाध्यक्ष रहेका उनी २०६० सालमा त्रिवि स्ववियु सचिवमा निर्वाचित भएका थिए ।
सोही समयमा उनले अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्य तथा शैक्षिक विभाग प्रमुखको जिम्मेवारी समेत सम्हालेका थिए ।
विद्यार्थी राजनीति पछि पार्टी राजनीतिमा सक्रिय खतिवडाले २०६५ सालदेखि २०७८ सम्म एमाले मोरङ जिल्ला कमिटीको सचिवालय सदस्यका रूपमा विभिन्न जिम्मेवारी कार्यालय उपसचिव, विद्यार्थी फाँट इन्चार्ज, स्कुल विभाग प्रमुख भएका थिए ।
उनी २०७८ पुस १ गतेदेखि हालसम्म एमाले मोरङ जिल्ला कमिटी सचिवको जिम्मेवारीमा थिए।
२०६१ माघ १९ को शाही कदमपछि प्रतिगमन विरुद्धको आन्दोलनमा उनी पटक–पटक पक्राउ परेका थिए । विशेष गरी २०६२ माघ २० गते कीर्तिपुरबाट पक्राउ परेका उनलाई वडा प्रहरी कार्यालय कीर्तिपुरमा ६८ दिनसम्म थुनामा राखिएको थियो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण