महाधिवेशन समयमै हुनेमा कांग्रेसभित्र संशय
काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन हस्ताक्षर अभियानले १५ औँ महाधिवेशन समयमै सम्पन्न हुने–नहुनेबारे संशय व्यक्त गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको सोमबार विशेष महाधिवेशन हस्ताक्षर अभियानले साेमबार अपिल सार्वजनिक गर्दै महाधिवेशन समयमै सम्पन्न हुनेमा संश व्यक्त गरेको हो ।
केन्द्रीय समितिले पुस २६–२८ को महाधिवेशन मिति तय गरेकाे छ । पूर्व पार्टीका विभिन्न संरचनाका लागि विभिन्न चरणमा प्रस्ताव गरिएको कार्यतालिका प्रथम दृष्टिमै अव्यवहारिक र अवैज्ञानिक देखिएको अभियानले बताएको छ ।
'हामीसँग समयको फराकिलो सुविधा छैन, न त घोषित मिति सार्ने कुनै नैतिक वा वैधानिक आधार नै छ । त्यसैले हामी स्पष्ट पार्न चाहन्छौँ, कुनै पनि बहाना वा अवस्थामा अधिवेशनका शृङ्खलाहरू अवरुद्ध गरिएमा वा भएमा असोज २९ मा दर्ता गरिएको विशेष महाधिवेशनको प्रस्ताव अझै जीवित छ र विधान बमोजिम पूर्ण रूपमा कार्यान्वयन योग्य छ,अपिलमा भनिएकाे छ, पुस २८ मा महाधिवेशन सम्पन्न हुने मिति तोकिरहँदा माघ मसान्त सम्म केन्द्रीय समितिको समयावधि थप्नुको उद्धेश्य के हो ? यसले समयमै अधिवेशन सम्पन्न हुँदैन भन्ने संशयलाई आधार दिएको छ । यसबिच हुने आमचुनावका विभिन्न सिफारिसहरूको अवस्था के हुन्छ ? यसको निष्पक्षता र वैधताको आधार के हो ? यसलाई गम्भिरतापूर्वक हेरिरहेका छौँ ।'
केन्द्रीय नेतृत्वले महाधिवेशनप्रति देखाएको उदासीनता र ढिलासुस्तीले पार्टीको आन्तरिक जीवनलाई गम्भीर सङ्कटतर्फ धकेलेको यथार्थलाई सबैले महसुस गरेकाे बताउँदै अभियानले भनेकाे छ, 'यही वास्तविकताबाट निर्देशित हुँदै, हामी २,४८८ जना (कूल महाधिवेशन प्रतिनिधिको ५४.८ प्रतिशत) ले गत असोज २९ गते पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको माग गर्दै लिखित कारण र हस्ताक्षरसहित निवेदन दर्ता गराएका थियौँ । यो निवेदन केवल दबाबको अस्त्र मात्र थिएन, यो त समयमै १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने केन्द्रीय समितिको वैधानिक दायित्वको स्मरण पनि थियो ।'
विशेष महाधिवेशनको माग गरिएको हस्ताक्षरको दबाब स्वरूप १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भएकोमा यसलाई सकारात्मक उपलब्धिका रूपमा लिएको अभियानले बताएको छ ।
यो घोषणा विशेष महाधिवेशनलाई निस्तेज पार्न गरिएको हो ? वा वास्तवमै महाधिवेशन गर्न खोजिएको हो ? समयक्रमले नै जवाफ दिने अभियानले जारी गरेकाे अपिलमा भनिएकाे छ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनअघिनै नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न गर्नु संवैधानिक, राजनीतिक र नैतिक दायित्व भएको बताउँदै उक्त दायित्व पूरा गर्न कोही पनि पछि हट्न नहुनेमा जाेड दिइएकाेछ ।
'लोकतान्त्रिक दलका लागि आवधिक महाधिवेशन केवल विधानको दायित्व मात्र होइन, यो त पार्टीको आन्तरिक लोकतन्त्रको श्वास, नयाँ पुस्ताको ऊर्जा र नेतृत्व नवीकरणको अनिवार्य प्रक्रिया हो । यो त पार्टीलाई नागरिकको बदलिँदो आकाङ्क्षासँग जोड्ने सेतु हो, नीति र नेतृत्व दुवैलाई समयको मागअनुरूप परिमार्जन गर्दछ,'अभियानले जारी गरेको अपिलमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसियाको आन्तरिक पर्यटक ११ दशमलव पाँच प्रतिशतले वृद्धि
-
जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन
-
लगातार दोस्रो पटक विश्वकप जित्ने दाउमा रहेको अर्जेन्टिनालाई अल्जेरियाको चुनौती
-
‘नेपाली चियामाथि भारतको अवरोध प्राविधिक मात्र होइन कूटनीतिक हो, सरकारले वार्ता गरोस्’
-
माइतीघरमा छताछुल्ल न्यायका याचना : फरक कथा, एउटै व्यथा
-
नेपाल–डेनमार्क द्विपक्षीय संयन्त्रको तेस्रो बैठक सम्पन्न, सन् २०२७ मा कूटनीतिक सम्बन्धको ६०औँ वर्षगाँठ मनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण