सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
केन्द्रीय कार्यसमिति बैठक

पुस २६, २७ र २८ गते महाधिवेशन गर्ने कांग्रेसको निर्णय

सोमबार, १५ मङ्सिर २०८२, १५ : २९
सोमबार, १५ मङ्सिर २०८२

सारांश

  • नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस २६, २७ र २८ गते हुने भएको छ।
  • वडा अधिवेशन पुस १६ गते, पालिका अधिवेशन पुस १७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते हुनेछ।
  • प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन पुस २२ गते हुनेछ भने प्रदेश कार्यसमितिको अधिवेशन पुस २३ र २४ गते हुनेछ।

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी पुस २६,२७ र २८ गते हुने भएको छ । सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नियमित महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । 

बैठकले वडा अधिवेशन पुस १६ गते, पालिका अधिवेशन पुस १७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते गर्ने निर्णय भएको प्रवक्ता डा. महतले जानकारी दिए । 

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एउटा प्रतिनिधिसभा क्षेत्र भएको जिल्लामा पुस २२ गते र एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन पुस २२ गते गर्ने निर्णय गरेको छ । 

त्यस्तै पार्टीको सात प्रदेश कार्यसमितिको अधिवेशन पुस २३ र २४ गते गर्ने निर्णय कांग्रेसले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप