जेनजी आन्दोलनको नाममा तोडफोड–आगजनी गर्ने दुई जना पक्राउ
सारांश
- रौतहटमा जेनजी आन्दोलनका क्रममा सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिकाका दीपक बस्नेत र हरिनारायण चौधरी रहेका छन्।
- प्रहरीले उनीहरूमाथि आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ, र अन्य संलग्नहरूको खोजी जारी छ।
रौतहट । जेनजी आन्दोलनका क्रममा सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गरेको आरोपमा रौतहटमा दुई जना पक्राउ परेका छन्। गत भदौ २३–२४ गते भएको जेनजी पुस्ताको आन्दोलन हिंसात्मक रूप लिँदै इलाका प्रहरी कार्यालय चन्द्रपुर तथा त्यहाँ रहेका सवारीसाधनमा व्यापक तोडफोड र आगजनी गर्ने दुईजना लाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी विष्णुप्रदीप बस्यालका अनुसार घटनामा संलग्नमध्ये चन्द्रपुर नगरपालिका–४ का ३२ वर्षीय दीपक बस्नेत र वडा ८ का ४३ वर्षीय हरिनारायण चौधरी लाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले पक्राउ गरेको छ।
उनीहरू विरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा रौतहट जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखी विस्तृत अनुसन्धान जारी रहेको प्रवक्ता बस्यालले जानकारी दिएका छन्।
प्रहरीका अनुसार आन्दोलनको नाममा सार्वजनिक तथा सरकारी सम्पत्तिमा गरेको क्षतिका सम्बन्धमा थप संलग्न व्यक्ति र पृष्ठभूमि पनि अनुसन्धानमै रहेको छ।
गत भदौ २४ गते जेनजी आन्दोलनको नाउँमा भएको आन्दोलनको क्रममा जिल्ला सदरमुकाम गौर, गरुडा, चन्द्रपुर, कटहरिया, फतुवा विजयपुर लगायतका स्थानमा सरकारी कार्यालय तथा निजी भवनहरूमा तोडफोड आगजनी गरेर करोडौँको क्षति गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार विकास समितिमा मन्त्री गएनन्, बैठक निष्कर्षविहीन
-
सर्लाहीको कबिलासीमा विकास योजनामाथि प्रश्न : स्टिमेट एकातिर, कार्यान्वयन अर्कैतिर
-
होल्डिङ सेन्टरका सुकुमबासी भोकभोकै, कैदीजस्तै थुनिएको गुनासो (भिडियोसहित)
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै
-
ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला
-
नक्कली भुटानी शरणार्थी प्रकरणकाे सुनुवाइ जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण