मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

हेटौँडा सडक विस्तारसँगै ढले अशोकका रूखहरू पनि

शनिबार, २० मङ्सिर २०८२, १७ : १८
शनिबार, २० मङ्सिर २०८२

सारांश

  • हेटौँडामा सडक विस्तार कार्य सुरु भएको छ, जसले गर्दा अशोकका रुखहरू ढलेका छन्।
  • सडक डिभिजनले २५ गज सडक विस्तार गर्दा रातोमाटेदेखि राप्ती पुलसम्मका संरचना हटाइँदैछ।
  • सडक विस्तारका क्रममा ५३१ निजी तथा सरकारी संरचना हटाउन डोजर प्रयोग गरिएको छ।

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडाको मुख्य बजार क्षेत्रमा आज (शनिबार) बिहानैदेखि सडक विस्तार कार्य सुरु भएको छ ।

सडक डिभिजन कार्यालयले २५ गज (२२.५ मिटर) सडक विस्तार अभियानलाई तीव्रता दिएसँगै हेटौँडाको मुख्य सौन्दर्य र पहिचानका रूपमा रहेका सडक किनारका केही अशोकका रूखहरू पनि ढलेका छन् । 

डिभिजन सडक कार्यालयले पूर्व–पश्चिम राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको क्षेत्रमा सडकको केन्द्रविन्दुबाट दायाँ–बायाँ २५/२५ गजभित्र पर्ने संरचना हटाउन डोजर चलाएको हो । सडक फराकिलो बनाउने क्रममा वर्षौंदेखि हेटौँडालाई ‘ग्रीन सिटी’को उपमा दिने वयस्क अशोकका रूखहरू जेसीबी चलेपछि ढले । 

ashok-tree2

बजारको मुख्य सडक (राप्ती रोड र मेन रोड) को दायाँ–बायाँ लहरै रोपिएका अशोकका बोटहरूले हेटौंडाको वातावरण शीतल मात्र बनाएको थिएनन्, व्यवस्थित र सुन्दर सहरको रूपमा चिनाएको थियो । बढ्दो सहरीकरण र ट्राफिक चाप व्यवस्थापनका लागि सडक चौडा पारिँदै छ ।

ashok-tree4

साढे ९ किलोमिटरको सो सडक किनारमा रहेका करिब २०/२५ वटा अशोकका बोटहरू ढालिएका छन् । ती बोटहरू बुद्ध चोक, मेनरोड, फरेस्ट्री क्षेत्रका सडक किनारमा थिए । तर सडक विस्तारसँगै मासिएका यी हरियाली पुनःस्थापना गर्नु हेटौंडा उपमहानगरपालिकाको जिम्मेवारी हो । 

सडक विस्तार अभियानअन्तर्गत सडक क्षेत्रमा निर्माण भएका ५ सय ३१ निजी तथा सरकारी संरचनाहरू हटाइँदै छ । सडक कार्यालयले यसअघि नै १५ दिने सूचना जारी गरी मंसिर २० गतेभित्र संरचना हटाउन अल्टिमेटम दिएको थियो ।

म्याद सकिएलगत्तै ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी डोजरमार्फत संरचना भत्काउन थालिएको हो ।

ashok-tree3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप