सङ्खुवासभाको सभापोखरीमा अस्पताल सञ्चालन
खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मेसीलगायतका आधारभूत सेवा उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष भीम सिङ्था लिम्बूले जानकारी दिए ।
साथै आगामी दिनमा एक्स–रे तथा भिडियो एक्स–रे जस्ता प्रविधिमैत्री सेवा थपिने उनले बताए । रु करिब ६ करोड ९७ लाख लागतमा निर्माण गरिएको अस्पताल सञ्चालनमा आएसँगै स्थानीयवासीलाई उपचारका लागि टाढासम्म धाउनुपर्ने समस्या कम हुने अपेक्षा गरिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यका अनुसार सभापोखरीमा हालसम्म ७ वटा स्वास्थ्य चौकीमार्फत सेवा दिइँदै आएको थियो । नयाँ अस्पतालले स्थानीय स्वास्थ्य संरचना थप मजबुत भएको उनले बताए ।
अस्पताल भवनको औपचारिक उद्घाटन जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य र गाउँपालिका अध्यक्ष लिम्बूले संयुक्त रूपमा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण