बोर्नमाउथ र चेल्सीबिच गोलरहित बराबरी
शनिबार, २० मङ्सिर २०८२, २३ : ०९
सारांश
- शनिबार राति भएको प्रिमियर लिग खेलमा एएफसी बोर्नमाउथ र चेल्सी एफसीले गोलरहित बराबरी खेले।
- पाँच खेलदेखि जितविहीन बोर्नमाउथले शीर्ष चारमा रहेको चेल्सीलाई रोक्न सफल भयो।
- चेल्सीले भने जित निकाल्ने प्रयास गरे पनि गोल गर्न नसक्दा दुई अंक गुमायो।
काठमाडौँ । नेपाली समय अनुसार शनिबार राति भएको प्रिमियर लिग खेलमा एएफसी बोर्नमाउथ र चेल्सी एफसीले गोलरहित बराबरी खेलेका छन्। पाँच खेलदेखि जितविहीन रहेको बोर्नमाउथका लागि शीर्ष–४ मा रहेको चेल्सीलाई रोक्नु आफैँमा ठुलो उपलब्धि भयो। घरेलु समर्थकका लागि यो बराबरी जितजस्तै अनुभूति बन्यो।
चेल्सीका लागि भने यो दुई अंक खेर गएको परिणाम जस्तै रह्यो। अघिल्लो खेलमा हार व्यहोरेको चेल्सीले आफ्नो लय फिर्ता ल्याउन गरेको प्रयास यसपटक पनि सफल हुन सकेन।
खेलभर दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल गर्न सफल भएनन्। छैटौँ मिनेटमा बोर्नमाउथले गरेको गोल ‘भिएआर’ ले रद्द गरेको थियो ।
अन्ततः बोर्नमाउथले लगातार पराजय रोक्दै महत्त्वपूर्ण एक अंक बटुल्यो। चेल्सीले भने अवसरको उपयोग गर्न नसकेर निराश बन्नु परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलङ्की क्षेत्रमा जग्गाको मूल्याङ्कन : रिङरोड छेउमा घट्यो, अन्यत्र बढ्यो
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
-
दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहयोग
-
जनकपुरको रामानन्द र पिडारी चोक सवारी दुर्घटनाको अति जोखिममा
-
कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट त्रिभुवन विमानस्थलबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण