जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिए: प्रचण्ड
सारांश
- पुष्पकमल दाहालले जेनजी आन्दोलनले पुरानो पार्टीलाई आत्मसमीक्षाको अवसर दिएको बताए।
- उनका अनुसार पार्टीहरुबीच बृहत एकता गरी मुलुकको विकासमा लाग्नुपर्छ।
- माधवकुमार नेपालले युवाहरू पार्टीमा प्रवेश गरेको र सकारात्मक सन्देश प्रवाह भएको बताए।
धनुषा। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि पनि जनताको जीवनमा परिवर्तन नआएकाले ज्यानजी आन्दोलन भएको बताए। शनिबार जनकपुरधाममा आयोजित नेपाली कम्युनिस्ट पार्टी मधेस प्रदेशस्तरीय एकता सन्देश सभामा उनले जेनजीले पुरानो पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर पनि दिएको उल्लेख गरे।
जनेजी आन्दोलनपछि समीक्षा गर्दै नयाँ ढङ्गले रुपान्तरणका साथ मुलुकको विकासमा लाग्न पार्टीहरूबिच बृहत् एकता गरिएको उनको भनाइ छ। प्रचण्डले सबै जनताको एकताले मात्रै प्रतिगमन र प्रतिक्रियावादीलाई परास्त गर्दै मुलुकलाई अघि बढाउन सकिने भन्दै त्यसको नेतृत्व नेकपाले गर्ने धारणा राखे।
नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले हजाराैँको सङ्ख्यामा युवाहरू आफ्नो पार्टी प्रवेश गरेको दाबी गरे। उनले पार्टी एकता भएपछि सबैतिर सकारात्मक सन्देश प्रवाह भएको बताए।
नेकपाले पार्टी एकताको सन्देश दिन विभिन्न प्रदेशमा सन्देश सभा गर्दै आएको छ। पार्टीले कर्णाली र काठमाडौँमा पनि एकता सन्देश सभाको आयोजना गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खडेरी लक्षित उत्तर कोरियाको सुक्खा धान अभियान
-
अमेरिका-इरान शान्ति सम्झौताको पर्खाइमा सुनको मूल्य स्थिर
-
सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम
-
तराईमा ४० डिग्रीसम्मको गर्मी, काठमाडौँसहित पहाडी भेगमा वर्षा
-
ट्रम्पले भने, ‘इरानसँग सम्झौता भइसकेको छ, चाँडै नै सार्वजनिक हुन्छ’
-
बेइजिङमा वाङ यी र शिशिर खनालबिच भेटवार्ता : बीआरआई, व्यापार र कनेक्टिभिटीमा सहकार्य बढाउने सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण