मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
अपडेट

मधेस प्रदेशमा मन्त्रीमण्डल विस्तार, ३ मन्त्रीले लिए शपथ

आइतबार, २१ मङ्सिर २०८२, १२ : ३०
आइतबार, २१ मङ्सिर २०८२

सारांश

  • मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले मन्त्रीमण्डल विस्तार गरेका छन्।
  • जनमत पार्टीका महेश यादवलाई अर्थमन्त्री, कांग्रेसका जंगीलाल राय र नेकपा एसका कनिष पटेल विना विभागीय मन्त्री बने।
  • नवनियुक्त तीनै जना मन्त्रीहरूले आइतबार प्रदेश प्रमुखबाट शपथ ग्रहण गरे।

जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले मन्त्रीमण्डल विस्तार गरेका छन् । आइतबार नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट १/१ जनालाई मन्त्रीमण्डलमा सामेल गराएर उनले मन्त्रीमण्डल विस्तार गरेका हुन् । 

जनमत पार्टीबाट मन्त्री बनेका महेश यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कांग्रेसका जंगीलाल राय र नेकपा एकीकृत समाजवादी पार्टीका कनिष पटेललाई विना विभागीय मन्त्री बनाइएको छ । 

नवनियुक्त तीनै जना मन्त्रीहरूले आजै शपथ ग्रहण गरेका छन् । उनीहरूलाई प्रदेश प्रमुख डा.सुरेन्द्र लाभले शपथ ग्रहण गराएका हुन् ।

591833605_1788638645171448_5666046935713254808_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप