अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा
रौतहट । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा शनिबार दिउँसोदेखि अवरुद्ध भएको सडक खुलेको छ । शुक्रबार चन्द्रनिगाहपुर–गौर सडकखण्डअन्तर्गत मोथियाही पुल नजिक भएको सवारी दुर्घटनाका मृतकका आफन्तले शनिबार चन्द्रनिगाहपुरमा आएर राजमार्ग अवरुद्ध गरेका थिए ।
शुक्रबार गौरबाट चन्द्रनिगाहपुरतिर आउँदै गरेको ना४ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना३९प ४२४० नम्बरको मोटरसाइकल ठोक्किँदा वृन्दावन नगरपालिका–२ विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको थियो ।
बस मालिकले कानुनले तोकेको भन्दा बढी रकम नदिने अडान राखेपछि मृतकका परिवारले राजमार्ग ठप्प पारेका थिए । वृन्दावन नगरपालिकाका पूर्वनगर प्रमुख रामस्नेही रायले पीडित परिवारको अवस्था कमजोर भएकाले थोरै रकम थप्न अनुरोध गरेको बताए ।
बसका चालक अमृतबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुङले राजमार्ग खुलाइएको जानकारी दिए । राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारीसाधन अलपत्र परेका थिए ।
मोटरसाइकलमा मृतक पटेलका दुई छोरा र एक छोरी चढेका थिए । प्रहरीका अनुसार मोटरसाइकलमा सवार मृतक पटेलका छोरा १२ वर्षीय युवराजको निधारमा चोट लागेको छ भने ११ वर्षकी छोरी आकृतिको खुट्टा र टाउकामा चोट लागेको छ । पटेलका १५ वर्षीय छोरा प्रिन्सकुमारको खुट्टा, हात र निधारमा चोट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण