हेटौँडा सडक विस्तार : भग्नावशेष पन्छाउँदै व्यवसायी र स्थानीय (तस्बिरहरू)
हेटौँडा । हेटौँडा बजार क्षेत्रमा अहिले भग्नावशेष व्यवस्थापनको काम भइरहेको छ । सडक डिभिजन कार्यालय हेटौँडाले त्रिभुवन राजपथ र महेन्द्र राजमार्ग अन्तर्गत पर्ने २५ गज क्षेत्रभित्रका संरचना भत्काएपछि स्थानीय र व्यवसायीहरू अहिले भग्नावशेष व्यवस्थापन जुटेका हुन् ।
अहिले हेटौँडाको मुख्य बजार क्षेत्रमा सडक किनारामा थुपारिएका इँटा, रड र जस्तापाताका थुप्रा देखिन्छन् । डोजरले भत्काएका संरचनाबाट पुनः प्रयोग गर्न मिल्ने सामानहरू छुट्ट्याउने तथा पसल तथा व्यवसायका सामग्रीहरू सार्ने काममा घरधनी र व्यवसायीहरू लागेका छन् ।
बिहानैदेखि हातमा साबेल र गल बोकेर स्थानीयहरू आफ्ना घर अगाडिको स्क्रयाब सफा गरिरहेका छन् । उनीहरू भत्किएका घरका भित्ताका पर्खालहरू पन्छाउँदै पसलको ‘सटर’ निकाल्ने काम गरिरहेका देखिन्छन् ।
सडक विस्तारका क्रममा घरको अगाडिको भाग भत्किएपछि बाँकी रहेको भग्नावशेष हटाउने र सडक मापदण्ड छाडेर संरचनाहरू निर्माण गरी व्यवसाय सुचारु गर्ने प्रयासमा उनहरु लागेका छन् । जसका कारण बजारमा अहिले डकर्मी, वेल्डिङ मिस्त्री र रङ रोगन गर्ने काम भइरहेको देखिन्छ ।
_F317QTdwh8.jpg)
_zo8a1lnvIE.jpg)
_1nCRRNuXt4.jpg)
_FSdxsA7DXK.jpg)
_UD3V248A4r.jpg)
_Mu7OhG1I28.jpg)
_FKwpwmkywP.jpg)
_YasdfC1wdm.jpg)
_DntoQkN9CU.jpg)
_n1PcHZ4Qc0.jpg)
_bOksUrWSbW.jpg)
_00cjWe1RXM.jpg)
_XB030XTvdb.jpg)
_a6i51rmsZj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण