महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
सोमबार, २२ मङ्सिर २०८२, ११ : ५४
काठमाडौँ । महालक्ष्मी विकास बैंक “बैकिङ्ग नवप्रवर्तन तथा ग्राहक सन्तुष्टिमा उत्कृष्ट” विधा अन्तर्गत अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।
आइतबार भारतको नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमका बिच ‘इन्डिया बिजनेस अवार्ड’ कार्यक्रम मार्फत महालक्ष्मी विकास बैंकलाई उक्त अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो ।
महालक्ष्मी विकास बैंकको तर्फबाट यस बैंकका वरिष्ठ अधिकृतहरूले उक्त सम्मान ग्रहण गरेका थिए । बैंकको ब्रान्ड प्रतिष्ठा सुधार गर्न, ग्राहक विश्वास अभिवृद्धि गर्न, बैकिङ्ग सेवामा नवप्रवर्तनका कार्यहरु गर्न, उत्कृष्ट नेतृत्व तथा वृत्ति विकासमा सुधार गर्न तथा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा गरेको उत्कृष्ट कार्य बापत उक्त अवार्ड प्राप्त गर्न सफल भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण