नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा : स्वास्थ्यमन्त्री
पर्सा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको उच्च प्राथमिकतामा रहेको बताएकी छन् ।
मन्त्री गौतमले साेमबार यहाँस्थित नारायणी अस्पतालको अनुगमन गर्दै अस्पतालको संरचना जीर्ण हुँदै गइरहेकाले पनि निर्माणका लागि सङ्घीय सरकारले प्राथमिकतामा राखेको बताएकी हुन् ।
“अस्पताल भवन निर्माणमा भइरहेको समस्यालाई बुझेर सहरी विकास तथा भवन निर्माण विभागसँग समन्वय गरी निर्माणमा देखिएको जटिलता फुकाउने प्रयास गर्नेछौँ,” उनले भनिन्, “अस्पताल भवन निर्माणका लागि गर्नुपर्ने वातावरणीय प्रभाव मूल्याङ्कनको आवश्यक प्रक्रिया टुङ्गो लगाएर आगामी आवको बजेटमा बजेट राखेर आवश्यक प्रक्रिया अघि बढाउनेछौँ ।”
मन्त्री गौतमले नारायणी अस्पतालको संरचनालाई जतिसक्दो चाँडो निर्माण गर्नुपर्ने आवश्यता भएकाले पनि तदारुकताका साथ अघि बढाइने जिकिर गरिन् ।
मन्त्री गौतमले नेपाल सरकारको लगानी र प्रथामिकतामा स्वास्थ्य क्षेत्र परेको बताउँदै पर्सा जिल्लामा पर्याप्त स्रोतसाधन हुँदा पनि स्वास्थ्य क्षेत्र पछाडि परेको विषय सोचनीय भएको पनि बताइन् ।
मन्त्री गौतमले अस्पतालमा रहेका चिकित्सक तथा नर्सिङ स्टाफको दरबन्दी पनि वृद्धि गर्ने योजना रहेको बताइन् ।
नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डडेन्ट (मेसु) डा चितरञ्जन साहले अस्पतालको सेवा प्रवाहसम्बन्धी विस्तृत रुपमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण