चुनावमा होइन, राप्रपा आन्दोलनमा जानुपर्छ: महामन्त्री राणा
मङ्गलबार, २३ मङ्सिर २०८२, १४ : २४
काठमाडौँ । राप्रपाका महामन्त्री धवलशमशेर राणाले पार्टी चुनावमा नभई आन्दोलनमा जानुपर्ने बताएका छन् ।
‘नवीन समझदारीका लागि दबाब’ दिन भन्दै पार्टीले मंगलबार राजधानीमा आयोजना गरेको विरोध सभामा बोल्दै सडक आन्दोलनमा जोड दिएका हुन् ।
‘हामीले हाम्रो मूल्य र मान्यतालाई यथार्थमा परिणत गर्ने हो भनेर यो देशको उन्नति चाहने हो भने राजावादी, हिन्दुवादी समूह मिलेर हिमालदेखि तराईसम्म आन्दोलन गर्नुपर्छ’, उनले भने, ‘चुनाव होइन हामी आन्दोलनमा जानुपर्छ । चुनावमा आन्दोलनको रापतापपछि मात्रै जानुपर्छ ।’
उनले फागुन २१ गते हुने चुनावले कुनै तार्किक फरक नल्याउने समेत जिकिर गरे । उनले अहिलेको आवश्यकता राजसंस्थासहितको नवीन समझदारी भएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण