बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

नाबालिग बलात्कारमा संलग्न ४६ वर्षीय पुरुष जेल चलान

बुधबार, २४ मङ्सिर २०८२, १० : ३०
बुधबार, २४ मङ्सिर २०८२

काठमाडौँ । नाबालिग बलात्कारमा संलग्न मकवानपुरको हेटौँडा उप–महानगरपालिका–१ चाइना क्वार्टर घर भएका ऋषि केबीलाई कारागार चलान गरिएको छ । कार्तिक २५ मा पक्राउ परेका केबीलाई अदालतको आदेश अनुसार पुर्पक्षको लागि कारागार कार्यालय भिमफेदी पठाइएको मकवानपुरका एसपी सुवास बोहराले रातोपाटीलाई बताए ।

४६ वर्षीय केबीले फरक–फरक समयमा १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।  विभिन्न आश्वासन देखाएर पीडितको मञ्जुरी बिना करणी गरेको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

 सरकारी वकिलले उनीविरुद्ध अदालतमा अभियोगपत्र दायर गरेको थियो । अदालतले मंगलबार उनलाई थुनामा पठाउन आदेश गरेको एसपी बोहराले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप