घटेको सेयर बजारमा पौने ४ अर्बको कारोबार, उत्पादनमूलक क्षेत्रमा उछाल
काठमाडौँ । साताको चौथो दिन बुधबार सेयर बजारमा गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ७.८६ अङ्कले ओरालो लागेको हो । योसँगै बजार परिसूचक २६०६.२० विन्दु झरेको छ ।
बजारसँगै आज कारोबार रकम पनि सामान्य घटेको छ । आज कुल ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । आज ३२९ वटा स्क्रिपका ९१ हजार ३९४ पटकको कारोबारमा ८६ लाख ४७ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् ।
आजको बजारमा २५६ कम्पनीको कारोबार भएकोमा १६९ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ७९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
बजार घटे पनि केही कम्पनीका लगानीकर्ताले राम्रो नाफा कमाएका छन् । आज ३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
स्वस्तिक लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीको मूल्य १० प्रतिशत र एसवाई प्यानल नेपालको ९.९७ प्रतिशतले मूल्य बढेको छ । आज झापा इनर्जीको मूल्य सर्वाधिक ९.३० प्रतिशतको गिरावट देखिएको छ ।
बजारमा आज म्यानुप्यक्चरिङ (उत्पादनमूलक) र म्युचुअल फण्ड बाहेक सबै सूचक घटेका छन् । म्यानुप्यक्चरिङ समूह १.२२ प्रतिशतले बढ्दा अरू समूहमा एक प्रतिशत भन्दा कमको उतारचढाव देखिएको छ ।
कारोबार रकमका आधारमा आज श्रीनगर एग्रिटेक शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको २६ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण