शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
अपडेट

जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने सरकारको निर्णय

बिहीबार, २५ मङ्सिर २०८२, १७ : २८
बिहीबार, २५ मङ्सिर २०८२

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोगको कार्यादेश थप गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकार र जेनजी प्रतिनिधिहरूबिच भएको सहमति अनुसार कार्यादेश थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

दुई पक्षबिच बुधबार भएको सम्झौता अनुसार पाँच वटा कार्यादेश थप्ने सहमति भएको थियो । ‘सम्झौता बमोजिम मन्त्रिपरिषद् असोज ६ गते निर्णय अनुसार गठित जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय भएको छ,’ मन्त्री खरेलले भने । 

आयोगको कार्यक्षेत्रको सीमितता बढाउने सन्दर्भमा कार्यक्षेत्र बढाउने निर्णय भएको सञ्चारमन्त्री खरेलको भनाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप