एमाले महाधिवेशन मञ्च निर्माण अन्तिम चरणमा, १० हजार स्वयंसेवक परिचालन गर्ने
सारांश
- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाघारीमा हुँदैछ, मञ्च व्यवस्थापन अन्तिम चरणमा पुग्यो।
- महाधिवेशनमा २२ सय ६२ प्रतिनिधि सहभागी हुनेछन् भने ३ लाख मानिस उतार्ने एमालेको दाबी छ।
- महाधिवेशनमा अन्तर्राष्ट्रिय मित्र शक्ति र देशका प्रमुख नेताहरुको शुभकामना रहनेछ।
काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि भक्तपुरको सल्लाघारीमा मञ्च व्यवस्थापन र अन्य तयारीको काम अन्तिम चरणमा पुगेको छ ।
नेकपा एमालेले ११औँ महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित खुलाचौर (१०८ रोपनी) मा हुँदैछ । मञ्च व्यवस्थापन समितिका संयोजक तथा एमाले पोलिटब्युरो सदस्य विनोद श्रेष्ठले मञ्च व्यवस्थापनको काम अन्तिम अवस्थामा पुगेको बताए । ‘९० प्रतिशत मञ्च व्यवस्थापनको काम सकेका छौँ । २१ गतेबाट सुरु गरेका हौँ’, उनले भने, ‘अबको चार घण्टामा सम्पन्न गर्दैछौँ ।’
उनले भक्तपुरको ऐतिहासिकतालाई ख्याल गर्दै भक्तपुर महाधिवेशनस्थल रोजिएको भन्दै मञ्चको पृष्ठभूमिमा चाँगुनारायणको मन्दिरसहित काठमाडौँका विभिन्न मन्दिरहरु पनि राखिएको जानकारी दिए । तीन किलोमिटरसम्म सुन्न सकिने गरी श्रब्य दृश्यको व्यवस्था गरेको र अहिलेसम्मकै आधुनिक मञ्च बनाएको श्रेष्ठको भनाइ छ ।
२२ सय ६२ प्रतिनिधि सहभागी हुने महाधिवेशनको उद्घाटन सत्रमा एमालेले ३ लाख मानिस उतार्ने जनाएको छ । महाधिवेशनमा अन्तर्राष्ट्रिय मित्र शक्तिहरूको शुभकामना पत्र पढिनेछ भने देशका प्रमुख पार्टीका नेताहरूको स्वयं उपस्थित भएर एमालेलाई शुभकामना दिने एमाले नेता राजन भट्टराईले जानकारी दिए ।
कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालले १० हजार स्वयंसेवक परिचालन गरिने बताए । त्यस्तै उनले महाधिवेशन भयरहित बनाउन ५ सय स्वयंसेवक ड्रेस कोडसहित नै परिचालन हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण