बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

सशस्त्रले रजत जयन्ती मनाउँदै

शुक्रबार, २६ मङ्सिर २०८२, १५ : २३
शुक्रबार, २६ मङ्सिर २०८२

सारांश

  • सशस्त्र प्रहरी बलले २५औं स्थापना दिवसको अवसरमा रजत जयन्ती मनाउने भएको छ।
  • २०५८ कार्तिक ८ मा सशस्त्र प्रहरी गठन भएको थियो भने हाल ३५ हजारभन्दा बढी जनशक्ति कार्यरत छन्।
  • सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी मनिष थापाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन्।

काठमाडौँ । सशस्त्र प्रहरी बलले रजत जयन्ती मनाउने भएको छ । सशस्त्र प्रहरी बल स्थापनाको २५ वर्ष लागेको अवसरमा रजत जयन्ती मनाउन लागिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) मनिष थापाले जानकारी दिए ।  

२०५८ कार्तिक ८ मा सशस्त्र प्रहरी गठन भएको थियो । २०८२ माघ ९ मा हलचोकस्थित मुख्यालयमा सशस्त्रले रजत जयन्ती मनाउन लागेको हो । 

शुक्रबार सशस्त्र प्रहरीले पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी गराएको छ । सेनाबाट १२० जना र प्रहरीबाट १० जना जनशक्ति स्थानान्तरण गरेर गठन गरिएको सशस्त्र प्रहरीमा अहिले ३५ हजारभन्दा बढी जनशक्ति कार्यरत छन् । 

स्थापना दिवसको अवसरमा रजत जयन्ती मनाइने डीआईजी थापाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप