सहिद रजकको परिवारलाई न्याय दिन निरन्तर लागिपर्ने सञ्चारमन्त्रीको भनाइ
शनिबार, २७ मङ्सिर २०८२, १८ : ४२
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सहीद पत्रकार सुरेश रजकको परिवारसँग भेट गरेका छन् ।
चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका सहिद पत्रकार सुरेश रजकको घरमा शनिबार पुगेर मन्त्री खरेलले परिवारसँग भेट गरेका हुन् ।
सो क्रममा मन्त्री खरेलले सुरेशको न्यायका लागि आफूले निरन्तर पहल गर्ने बताएका छन् । सुरेशको मृत्युको घटनाको छानबिन गरी सत्यतथ्य बाहिर आउनुपर्ने उनले बताए । सरकारले सहीद घोषणा गरिसकेकाले सुरेशलाई हरेक नेपालीले सदैव सम्मानपूर्वक स्मरण गर्ने उनको भनाइ छ ।
२०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा भएको आगजनीमा परेर पत्रकार सुरेशको मृत्यु भएको थियो ।
घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन रजकको परिवारले माग गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
-
नेकपा कोशीले बनायो १ हजार ४९९ सदस्यीय समिति, प्रचण्डले गराए शपथ
-
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न
-
लागुऔषधविरुद्ध झापा प्रहरीको ‘स्वीप अपरेसन’
-
यी हुन् रास्वपाका निर्वाचित ७ पदाधिकारी र ९९ केन्द्रीय सदस्य (सूचीसहित)
-
१० बजे १० समाचार : भद्रगोल व्यवस्थापनकैबिच सकियाे रास्वपा महाधिवेशन, विवाद मिलाउन नेता फेरिएको फेरियै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण