कांग्रेस लुम्बिनी प्रदेश कार्य समितिको बैठक सर्यो
आइतबार, २८ मङ्सिर २०८२, १७ : ४१
सारांश
- नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको बैठक पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनका कारण स्थगित भयो।
- बैठक अब पुस ४ गते बस्ने भएको छ।
- बैठकमा लुम्बिनी प्रदेशका पदाधिकारी, सदस्य र १२ वटै जिल्लाका सभापति सहभागी हुनेछन्।
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्य समितिको मङ्सिर २९ गते बस्ने भनिएको बैठक सरेको छ । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनका कारण बैठकको मिति परिवर्तन गरिएको हो ।
बैठक पुस ४ गते बस्नेगरी तय भएको कांग्रेस लुम्बिनी प्रदेश कार्यालयका मुख्यसचिव मोहनराज शर्माद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । बैठकमा लुम्बिनी प्रदेश कार्य समितिका पदाधिकारी, सदस्य र लुम्बिनी प्रदेशस्थित १२ वटै जिल्लाका पार्टी सभापति उपस्थित हुने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन
-
अमेरिकाको नयाँ भिसा बन्ड पाइलट कार्यक्रम घोषणा
-
मेटा–रिलायन्स एआई डाटा सेन्टर सम्झौता
-
तोकिएको समयसीमाभित्रै सदस्यता अद्यावधिक गरिसक्न कांग्रेसकाे आग्रह
-
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
नीति प्रतिष्ठानको चौथो बैठकमा विषयगत अवधारणा प्रस्तुत, आचारसंहिता पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण