बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

महाधिवेशनको निर्णय र छलफललाई अभिलेखीकरण गर्न माइन्युट कमिटी गठन

आइतबार, २८ मङ्सिर २०८२, २१ : ३०
आइतबार, २८ मङ्सिर २०८२

काठमाडौँ । नेकपा (एमाले) ले ११औँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ ।

महाधिवेशनअन्तर्गत गठन गरिएको उक्त समितिको संयोजकमा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ रहेका छन् । समितिमा सूर्यबहादुर थापा क्षेत्री, ज्वालाकुमारी साह, ईश्वरी रिजाल, लीला भण्डारी, विष्णु रिजाल र नीरज आचार्य सदस्य रहेका छन् ।

महाधिवेशनका क्रममा प्रस्तुत प्रस्ताव, छलफल, निर्णय र निष्कर्षहरूलाई व्यवस्थित रूपमा अभिलेख राख्ने जिम्मेवारी उक्त समितिलाई दिइएको छ ।

यसले आगामी दिनमा पार्टीको नीतिगत, साङ्गठनिक र ऐतिहासिक अभिलेखलाई मजबुत बनाउने विश्वास पार्टी नेतृत्वले व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप