इजरायलले गर्याे सिड्नी गोलाबारीको निन्दा
काठमाडाैँ । इजरायली नेताहरूले सिड्नीमा हनुक्का उत्सवलाई लक्षित गरी भएको गोलाबारीको कडा निन्दा गरेका छन् । आइतबार भएको गोलाबारीमा ११ जनाको ज्यान गएको थियो । यस घटनापछि इजरायली नेतृत्वले अस्ट्रेलियाले यहुदी विरोधविरुद्ध प्रभावकारी कदम चाल्न असफल भएको आरोप लगाएको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले क्यानबेराले लामो समयदेखि यहुदी विरोधी भावनालाई बढ्न दिएको आरोप लगाए । उनले अस्ट्रेलियाले प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गरेपछि प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई अगस्टमा लेख्नुभएको पत्र स्मरण गर्दै ‘तपाईंहरूको नीतिले यहुदी विरोधको आगोमा तेल खन्याइरहेको छ’ भनेका थिए ।
दक्षिणी इजरायलमा आयोजित एक कार्यक्रममा टेलिभिजनमार्फत सम्बोधन गर्दै नेतान्याहुले भने, “नेताहरू मौन बस्दा यहुदी विरोध क्यान्सरझैँ फैलिन्छ ।”
इजरायली विदेशमन्त्री गिडियोन सारले आफ्ना अूट्रेलियाली समकक्षी पेनी वोङसँग फोनवार्ता गर्दै अस्ट्रेलियामा यहुदी विरोध बढिरहेको भन्दै त्यसविरुद्ध कडा कारबाही गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा उनले अक्टोबर ७ पछि अस्ट्रेलियामा इजरायल र यहुदी समुदायविरुद्ध हिंसात्मक उक्साहट बढेको दाबी गरे र केही प्रदर्शनमा सुनिने नाराहरूप्रति गम्भीर चिन्ता व्यक्त गरे ।
राष्ट्रपति आइज्याक हर्जोगले बोन्डी समुद्र तटमा हनुक्काको पहिलो मैनबत्ती बाल्न भेला भएका यहुदीहरूमाथि भएको आक्रमणलाई ‘अत्यन्तै क्रूर’ भनेर निन्दा गरे।
जेरुसेलममा आयोजित एक कार्यक्रममा उहाँले अस्ट्रेलियालाई आफ्नो समाजलाई सताइरहेको ‘यहुदी विरोधको विशाल लहर’ विरुद्ध दृढतापूर्वक उभिन आह्वान गरे ।
सिड्नीको प्रसिद्ध बोन्डी समुद्र तटमा हनुक्काको पहिलो रातको अवसरमा आयोजना गरिएको ‘हनुक्का बाय द सी’ कार्यक्रममा गोलीबारी भएको थियो ।
अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजले घटनालाई ‘दुष्टता, यहुदी विरोध र आतङ्कवादको कार्य’ भन्दै निन्दा गरे र ‘यहुदी अस्ट्रेलियालीमाथि भएको आक्रमण प्रत्येक अस्ट्रेलियालीमाथिको आक्रमण हो’ भएकाे बताए ।
यसैबिच राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन गभिरले अस्ट्रेलियाली सरकारमाथि यहुदीविरुद्धको आतङ्कवादलाई वैधानिकता दिएको आरोप लगाए ।
विपक्षी नेता यायर लापिदले विश्वका विभिन्न सहरमा यहुदी समुदाय लक्षित घातक आक्रमण बढ्दै गएकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै तत्काल र निर्णायक अन्तर्राष्ट्रिय कदम आवश्यक रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
-
१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
-
फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण