शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

धोबीखोला करिडोरकाे सडक किनारमा रेलिङ राख्न थालियो

सोमबार, २९ मङ्सिर २०८२, १३ : ५२
सोमबार, २९ मङ्सिर २०८२

काठमाडौँ । काठमाडौँको रुद्रमति पुलनजिक धोबीखोला करिडोरमा बारम्बार दुर्घटना हुन थालेपछि रेलिङ राख्न सुरु गरिएको छ ।

सहरी विकास अन्तर्गतको काठमाडौँ उपत्यका विकास प्राधिकरणबाट धोवीखोला करिडोरका सडक किनारमा नयाँ रेलिङ राख्ने र हाल भत्किएका स्थानमा मर्मतसम्भार भइरहेको ऊर्जा, सहरी विकास र भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङको सचिवालयले जनाएको छ । 

नदी करिडोर सडकको किनारका केही स्थानमा रेलिङ नभएका कारण दुर्घटना भइरहेको थियो । दुर्घटना न्यूनीकरणका लागि रेलिङ लगाउने कार्य अघि बढाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप