कात्तिकमा भित्रियो १ खर्ब ३३ अर्ब रेमिट्यान्स
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक महिनामा मात्रै १ खर्ब ३३ अर्ब ८२ करोड रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको पछिल्लो चार महिनाको तथ्याङ्कअनुसार कात्तिक महिनामा मात्रै १ खर्ब ३३ अर्ब ८२ करोड रेमिट्यान्स भित्रिएको हो ।
गत आर्थिक वर्षको कात्तिकमा १ खर्ब १४ अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको थियो । गत वर्षको कात्तिक महिनाको तुलनामा यो वर्ष रेमिट्यान्स वृद्धि भएको देखिएको छ ।
राष्ट्र बैंकले जारी गरेको चार महिनाको मासिक प्रतिवेदन अनुसार गएको चार महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड पुगेको छ ।
गत वर्ष सोही अवधिमा यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो । यसरी हेर्दा चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक) मा ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ ।
गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा यस वर्ष भित्रिएको रेमिट्यान्स ३१.४ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशतले बढेको थियो ।
पछिल्लो चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या बढेकाले रेमिट्यान्स आप्रवाह बढेको हो ।
जसअनुसार चार महिनामा १ लाख ४५ हजार ९ सय ७३ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । सोही अवधिमा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख २७ हजार ८ सय ३७ रहेको छ ।
गत आर्थिक वर्षको पहिलो चार महिनामा १ लाख ४७ हजार ४ सय ७८ ले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति र ९४ हजार १ सय ५ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण