स्वदेश फर्किए लियोनार्ड, भने – नेपाल मेरो दोस्रो घर हो
काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट कमेन्टेटर एन्ड्रु लियोनार्ड स्वदेश फर्किएका छन् ।
सोमबार साँझ नेपाल प्रिमियर लिग (एनपीएल) को यस सिजनलाई अविस्मरणीय भन्दै नेपाल र नेपाली क्रिकेटप्रति गहिरो प्रेम व्यक्त गरेका लियोनार्ड आफ्नो देश आयरल्यान्ड फर्किएका हुन् । यद्यपि उनले आफ्नो फेसबुक स्टाटसमा घर फर्किएको विषय भने खुलाएका छैनन् । त्रिभुवन विमानस्थलमा दुवै हात जोडेर उभिएका उनले फेसबुकमार्फत नेपाललाई आफ्नो 'दोस्रो घर' भन्न पाउँदा आफूलाई भाग्यमानी महसुस गरेको उल्लेख गरेका छन् ।
लियोनार्डले एनपीएलको यस सिजनलाई सफल बनाउन भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गर्दै लेखेका छन्, 'धन्यवाद सबैलाई । यो महिनालाई मैले नेपालमा गरेका सबै यात्राहरूमध्ये सबैभन्दा अविस्मरणीय र विशेष बनाउनु भएकोमा तपाईंहरू प्रत्येकलाई धेरै धेरै धन्यवाद । यस सिजनको नेपाल प्रिमियर लिग सधैं क्रिकेटभन्दा धेरै माथि थियो र देशले हासिल गरेको कुरा र यो गइरहेको दिशामा अविश्वसनीय रूपमा गर्व गर्नुपर्छ ।'
उनले क्यान टोली, एनपीएलका कर्मचारीहरू, आठै फ्रेन्चाइज टोली, सरकार र सुरक्षा टोली, प्रायोजकहरू, प्रसारकहरू, मैदान कर्मचारीहरू, खेलाडीहरू, खेल अधिकारीहरू र विशेष गरी प्रशंसकहरूलाई धन्यवाद दिए।
'एक अविस्मरणीय महिनाको लागि धन्यवाद । नेपाललाई आफ्नो दोस्रो घर भन्न पाउँदा म धेरै भाग्यमानी महसुस गर्छु,' उनले लेखेका छन् ।
नेपाल प्रिमियर लिगभरि कमेन्टेटरको भूमिकामा रहेका एन्ड्रु लियोनार्ड नेपाली क्रिकेटलाई निकै माया गर्छन् । उनी नेपालले खेल्ने प्रायः अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा कमेन्टेटर बनेर नेपाली खेलाडीहरूलाई हौसला प्रदान गरिरहेका हुन्छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण