एमाले महाधिवेशन
एमाले पदाधिकारीमा कसैले फिर्ता लिएनन् उम्मेदवारी
मङ्गलबार, ०१ पुस २०८२, ०७ : ५२
सारांश
- नेकपा एमालेको महाधिवेशनमा पदाधिकारीका लागि ४२ जनाको उम्मेदवारी परेको छ।
- १९ जना पदाधिकारीका लागि भएको निर्वाचनमा अध्यक्षमा केपी ओली र ईश्वर पोखरेलको उम्मेदवारी दर्ता भएको छ।
- उपाध्यक्षमा ११ जना, महासचिवमा २ जना, उपमहासचिवमा ७ जना र सचिवमा २० जनाको उम्मेदवारी परेको छ।
काठमाडौँ । नेकपा एमालेको जारी महाधिवेशन अन्तर्गत पदाधिकारीमा उम्मेदवारी दिएको कसैले पनि उम्मेदवारी फिर्ता लिएका छैनन् । महाधिवेशनबाट पदाधिकारी १९ जना निर्वाचित हुनेछन् । तर १९ जना निर्वाचित हुने पदाधिकारीमा ४२ जनाको उम्मेदवारी परेको छ ।
उम्मेदवारको अन्तिम नामावलीअनुसार १९ जना निर्वाचित हुने पदाधिकारीमा ४२ जनाको उम्मेदवारी परेको हो । अध्यक्षमा केपी ओली र ईश्वर पोखरेलको उम्मेदवारी परेको छ ।
यस्तै उपाध्यक्षमा ११ जना, महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे गरी २ जनाको उम्मेदवारी परेको छ। यस्तै उपमहासचिवमा ७ जना र सचिवमा २० जनाको उम्मेदवारी परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण