मनमोहन विश्वविद्यालयले प्राविधिक स्नातक कार्यक्रम सञ्चालन गर्ने
विराटनगर । मोरङको बूढीगङ्गास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले सिभिल इञ्जिनियरिङमा प्राविधिक स्नातक (विटेक) कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
कोशी प्रदेश सरकारले स्थापना गरेको सो विश्वविद्यालयले एसइई उत्तीर्ण गरेर तीन वर्षे डिप्लोमा पूरा गरेका जुनियर सिभिल इञ्जिनियरका लागि स्वीस सरकारसँगको साझेदारीमा प्राविधिक स्नातक कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
नेपालमा सिभिल इञ्जिनियरिङ क्षेत्रमा पहिलो पटक राष्ट्रिय व्यावसायिक योग्यता प्रारुप तह–६ अनुरूपको प्राविधिक स्नातक कार्यक्रम सञ्चालन गर्न सो विश्वविद्यालयले स्वीस सरकारसँग औपचारिक सम्झौता गरिसकेको छ ।
विश्वविद्यालयका स्कुल अफ इञ्जिनियरिङ सङ्कायका डीन डा रेखा श्रेष्ठ र स्वीस कन्ट्याक्टका देशीय निर्देशक सञ्जय कार्कीबीच विटेक कार्यक्रम सञ्चालन गर्न औपचारिक सम्झौता भएको छ । यो सम्झौतासँगै पाठ्यक्रम निर्माण गरेर पठनपाठन सुरु गर्ने तयारी रहेको विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले जानकारी दिए। उपकुलपति पोखरेलका अनुसार नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम प्रणाली सुदृढ गर्ने उद्देश्यसहित विश्वविद्यालय र स्वीस कन्ट्याक्टबीच नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजना अन्तर्गत साझेदारी गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन्यजन्तुबाट क्षति व्यहोरेकालाई सात लाख प्रदान
-
विशेषाधिकार समितिको राष्ट्रिय सम्मेलन सङ्घीयता सुदृढीकरणमा कोसेढुङ्गा : मुख्यमन्त्री आचार्य
-
डीएभी कलेजमा विद्यार्थी मृत्यु प्रकरणप्रति अखिल (क्रान्तिकारी) को ध्यानाकर्षण
-
११ महिनामा रोजगारीका लागि विदेसिए ७ लाख २२ हजार नेपाली, जेठ महिनामा मात्रै ६१ हजार
-
सांसद केपी खनालको ‘एमपी छात्रवृत्ति कार्यक्रम–२०८३’, प्रक्रियामाथि उठ्यो प्रश्न
-
फेवातालबाट दुई भारतीय नागरिकको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण