आईपीएलः ३० लाख आधार मूल्य भएका प्रशान्त १४ करोड २० लाखमा बिके
दुबई । प्रशान्त वीर इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासमै सर्वाधिक मूल्यमा बिक्ने ‘अनक्याप्ड’ खेलाडी बनेका छन् ।
दुबईमा मंगलबार भइरहेको अक्सनमा प्रशान्तलाई चेन्नई सुपर किङ्सले १४ करोड २० लाखमा टिममा भित्र्याएको हो ।
यसअघि कृष्णप्पा गौतम ९ करोड २५ लाखमा बिक्री भएका थिए ।
को हुन् प्रशान्त ?
२० वर्षीय प्रशान्तको यस पटक आधार मूल्य भने ३० लाख रुपैयाँ मात्र थियो । भारतको उत्तर प्रदेशमा जन्मिएका उनको प्रतिभा नोएडा सुपर किंग्सबाट यूपी टी–२० लिगमा खेल्दा पहिलो पटक देखिएको थियो । त्यसयता २० वर्षीय लेफ्ट–आर्म स्पिन–बलिङ अलराउन्डरले सयद मुश्ताक अली ट्रफीमा उत्कृष्ट प्रदर्शन गरे । उनको त्यो प्रगति र उपलब्धिले चेन्नई सुपर किंग्सको ध्यान तान्यो र रविन्द्र जडेजाको दीर्घकालीन उत्तराधिकारीको खोजीमा उनलाई ट्रायलमा मूल्यांकन गर्यो ।
पछिल्ला केही हप्ताले उनको यस जोशलाई थप बलियो बनाएको छ। प्रशान्तले मुम्बई र कोलकाताबिच यात्रा गर्दै सयद मुश्ताक अली ट्रफी र उत्तर प्रदेशको अन्डर–२३ खेलहरूमा सात दिनमा छ वटा खेल खेले । जहाँ उनले १७० को स्ट्राइक रेटमा ११२ रन बनाए र ६ दशमलव ७६ को इकोनोमीमा नौ विकेट लिन सफल भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण