कृषि उत्पादन बढाएर देशमै रोजगारी सिर्जना गर्नुपर्छ : मन्त्री परियार
सिरहा । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले कृषि उत्पादन वृद्धि गर्दै देशमै रोजगारी सिर्जना गर्नु आजको प्रमुख आवश्यकता रहेको बताएका छन् ।
सिरहा निर्वाचन क्षेत्र नं २ अन्तर्गत औरही चौकमा आज आयोजित ‘किसानसँग कृषिमन्त्री भेटघाट तथा सम्मान कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री परियारले युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेकाले गाउँघर युवाविहीन बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।
“६० प्रतिशतभन्दा बढी जनसङ्ख्या कृषि क्षेत्रमा निर्भर छ, तर युवा रोजगारीको खोजीमा विदेशिँदा गाउँमा उत्पादन घट्दै गएको छ”, मन्त्री डा. परियारले भने, “अब आफ्नै ठाउँमा कृषि उत्पादन बढाएर यही रोजगारी सिर्जना गर्नु हाम्रो सबैभन्दा ठूलो चुनौती हो । किसानलाई उत्पादनदेखि बजारीकरणसम्म सुरक्षित बनाउने, आधुनिक प्रविधिमा पहुँच बढाउने र कृषि क्षेत्रमा युवालाई आकर्षित गर्ने नीति सरकारले अघि बढाइरहेको छ ।”
मन्त्री डा. परियारले देशको कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको महत्वपूर्ण योगदान रहेको भए पनि यो क्षेत्र विभिन्न समस्या र चुनौतीसँग जुधिरहेको उल्लेख गर्दै भने, “स्वदेशी उत्पादनलाई संरक्षण नगरी आत्मनिर्भर अर्थतन्त्र निर्माण सम्भव हुँदैन् । त्यसैले आयात प्रतिस्थापन, उत्पादन लागत घटाउने र किसानले मेहनतको उचित मूल्य पाउने व्यवस्था गर्न सरकार प्रतिबद्ध छ ।”
कार्यक्रममा सहभागी स्थानीय अगुवा कृषकले भारतीय कृषि उत्पादनले नेपाली बजार ओगट्दा स्वदेशी किसान मारमा परेको गुनासो गरेका थिए ।
उनीहरूले नेपाली कृषिउपजको बजारीकरण, मूल्य सुनिश्चितता र किसानमैत्री नीति आवश्यक रहेको भन्दै मन्त्रीसमक्ष माग राखेका थिए । जेनजी युवाको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय किसान, जनप्रतिनिधि, युवा तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण