पाँच महिनामा ३८ अर्ब ५९ करोड ६६ लाख बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त
सारांश
- चालु आर्थिक वर्षको पाँच महिनामा ३८ अर्ब ५९ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ।
- सबैभन्दा धेरै लगानी सूचना प्रविधि (आईसीटी) क्षेत्रमा देखिएको छ, तर लगानी रकममा कृषि तथा वनजन्य उद्योग क्षेत्र अगाडि छ।
- भदौमा सबैभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता देखिएको छ, र पछिल्लो समय साना तथा सेवा क्षेत्रमा आधारित उद्योगमा लगानीकर्ताको आकर्षण बढेको छ।
काठमाडौँ । चालु आर्थिक वर्षमा निरन्तर रूपमा वैदेशिक लगानी प्रतिबद्धतामा वृद्धि हुँदै गएको छ । साउन देखि मङ्सिरसम्म पछिल्लो पाँच महिनामा लगातार रूपमा वैदेशिक लगानी प्रतिबद्धता वृद्धि हुँदै गएको उद्योग विभागले जनाएको छ ।
उद्योग विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो साउन देखि मङ्सिर पाँच महिनामा ३८ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार पाँच महिनामा ४३८ वटा परियोजनाका लागि विदेशी लगानी स्वीकृत भएको छ । ५ महिनामा आएको यो प्रतिबद्धता साना, मझौला र ठुला गरी ४३८ वटा उद्योगका लागि भएको छ ।
तीमध्ये सबैभन्दा धेरै आईसीटी (सूचना तथा सञ्चार प्रविधि) क्षेत्रमा २३६ परियोजना लगानी स्वीकृत गरेको छ । पाँच महिनामा लगानी प्रतिबद्धता भएका परियोजनाहरूको आधाभन्दा बढी हिस्सा आईसीटीमा क्षेत्रमा देखिएको छ ।

तर उद्योग विभागका अनुसार परियोजनाका हिसाबमा आईसीटी भए पनि लगानी रकमका हिसाबले कृषि तथा वनजन्य उद्योग क्षेत्र रहेको छ । जसमा १३ परियोजनाका लागि झण्डै २२ अर्ब रुपैयाँ बराबरको प्रतिबद्धता भएको छ ।
पाँच महिनामा सूचना तथा प्रविधिमा ५४ प्रतिशत, उत्पादनमा ६ प्रतिशत, कृषिमा ३ प्रतिशत, पर्यटनमा ३१ प्रतिशत र सेवा क्षेत्रमा ६ प्रतिशत लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।
उद्योग विभागका अनुसार चालु आवको मङ्सिरसम्म १० हजार ७५५ उद्योग दर्ता भएका छन् भने ७ हजार १३९ परियोजनामा लगानी स्वीकृत भएको छ । जसका लागि अहिलेसम्म ६ खर्ब २३ अर्ब ८२ करोड ५६ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भएको छ ।

- कुन महिनामा कति प्रतिबद्धता ?
चालु आर्थिक वर्षको पहिलो साउन महिनामा ३१ ,भदौमा ७२,असोजमा ५५,कात्तिकमा ५६,मङ्सिर महिनामा १२० उद्योगका लागि लगानी प्रतिबद्धता भएर दर्ता भएको विभागले जनाएको छ । पछिल्लो पाँच महिनामा सबैभन्दा बढी मङ्सिर महिनामा धेरै उद्योगमा लगानी प्रतिबद्धता भएको छ ।
साउन महिनामा ५९ करोड ७५ लाख ६० हजार,भदौमा ३३ अर्ब ९ करोड २० लाख,असोजमा २ अर्ब ४ करोड ५७ लाख, कात्तिक १ अर्ब ५४ करोड ३९ लाख र मङ्सिरमा १ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ लगानी प्रतिबद्धता भएको छ । यसरी हेर्दा भदौ एकै महिनामा ३३ अर्ब रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता भएको छ ।
उद्योग विभागको तथ्याङ्क अनुसार जेनजी आन्दोलन भएको भदौ महिनामा नै सबै भन्दा बढी रकमको लगानी प्रतिबद्धता भएको छ । यसरी हेर्दा जेनजी आन्दोलनपछिको तीन महिनामा मात्रै ५ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता भएको छ । विभागको तथ्याङ्कले आन्दोलनपछि वैदेशिक लगानी प्रतिबद्धतामा खासै प्रभाव बनाएको देखिएन ।

- आईसीटी र पर्यटन क्षेत्रमा आकर्षण बढ्दो
लगानी रकमका आधारमा चालु आर्थिक वर्षको पछिल्लो पाँच महिना कृषि तथा वनजन्य क्षेत्रमा २१ अर्ब ८८ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ । जुन कुल लगानी प्रतिबद्धताको सबैभन्दा ठुलो हिस्सा हो ।
त्यस्तै, पर्यटन क्षेत्रमा पर्यटन क्षेत्रमा १ सय ३५ परियोजनाका लागि लगानी प्रतिबद्धता भएको छ । जसका लागि १० अर्ब १२ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै,सेवा क्षेत्रमा २८ परियोजनाबाट ३ अर्ब ३८ करोड रुपैयाँको लगानी प्रस्ताव भएको छ । यसले पर्यटन पूर्वाधार र सेवा क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढेको देखिएको छ । कृषि, पर्यटन र आईसीटी क्षेत्रमा लगानी प्रतिबद्धता सकारात्मक देखिएको छ ।
तर नेपालका प्रचुर सम्भावना भएको ऊर्जा र पूर्वाधार क्षेत्रमा भने विदेशी लगानीमा भने आकर्षण न्यून देखिएको छ । ऊर्जा र पूर्वाधार क्षेत्रमा सरकारको नीतिगत अस्थिरता,झन्झटिलो प्रक्रिया लगायतको कारण विदेशी लगानीकर्ता ऊर्जा र पूर्वाधार क्षेत्रमा आकर्षण नदेखिएको तथ्याङ्कले देखाएको छ ।
पछिल्लो समय विदेशी लगानीकर्ताले पनि नेपालमा साना, छिटो प्रतिफल दिने र सेवा क्षेत्रमा आधारित उद्योगमा केन्द्रित भएको देखिन्छ ।
- मङ्सिरमा मात्रै २ अर्ब प्रतिबद्धता
चालु आर्थिक वर्षको मङ्सिर महिनामा १ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्कअनुसार मङ्सिर महिनामा मात्रै ५६ वटा उद्योगमा लगानी प्रतिबद्धता आएको छ ।साना ५४ र मझौला २ उद्योगमा लगानी प्रतिबद्धता आएको छ।
त्यस्तै,चालु आर्थिक वर्षको साउन–मङ्सिरसम्म रोयल्टीबापत १ अर्ब ६२ करोड ६७ लाख ३१ हजार रुपैयाँ फिर्ता लैजान विभागले स्वीकृति दिएको छ । विभागका अनुसार ६ लाख ४० हजार २३६ अमेरिकी डलर र १५ करोड ३३ लाख ५१ हजार ६८१ भारु ९भारतीय रुपैयाँ० लैजाने स्वीकृत पाएको छ । यस अवधिमा उद्योग विभागले १७८२ जना लगानीकर्ताका लागि भिसा सिफारिस गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण