ओस्कारको दौडमा भारतीय फिल्म ‘होमबाउन्ड’ : उत्कृष्ट १५ अन्तर्राष्ट्रिय फिचर फिल्मको सूचीमा पर्न सफल
मुम्बई । निर्देशक नीरज घेवानको फिल्म ‘होमबाउन्ड’ ओस्कारको ९८औँ संस्करणअन्तर्गत अन्तर्राष्ट्रिय फिचर फिल्म विधाको अन्तिम १५ को सूची (सर्टलिस्ट) मा पर्न सफल भएको छ।
एकेडेमी अफ मोसन पिक्चर आट्र्स एण्ड साइन्सेजले सार्वजनिक गरेको जानकारीअनुसार ८६ देशका फिल्महरूमध्येबाट अर्को चरणको मतदानका लागि १५ फिल्म छानिएका हुन्।
फिल्मको निर्माण कम्पनी धर्मा मुभिजले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत यो खुसीको खबर साझा गर्दै विश्वभरबाट प्राप्त माया र समर्थनका लागि आभार व्यक्त गरेको छ।
‘होमबाउन्ड’ ले प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा प्रिमियर हुँदा नौ मिनेटसम्म दर्शकबाट उठेर ताली (स्ट्यान्डिङ ओभिएसन) पाएर चर्चा बटुलेको थियो।
यस फिल्ममा इशान खट्टर, विशाल जेठवा र जान्हवी कपुर मुख्य भूमिकामा छन्। कान्स लगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा उच्च प्रशंसा पाएको यो फिल्मले ओस्कारको सर्टलिस्टमा परेसँगै भारतीय सिनेमाका लागि अर्को ठुलो उपलब्धि हासिल गरेको छ।
निर्देशक नीरज घेवानको कथा वाचन र निर्देशन कौशलको पनि सर्वत्र तारिफ भइरहेको छ। अन्तिम १५ बाट अब शीर्ष पाँच फिल्महरू मनोनयनमा पर्नेछन्, जसको घोषणा केही समयपछि हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट सोमबार आउने
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण