मनको शक्तिले नछोई योगीले १५० किलो वजन उठाएको दाबी, के हो वास्तविकता ?
सारांश
- सामाजिक सञ्जालमा एक बाबाले जिममा हातले नछोइकन १५० किलो वजन उठाएको भिडियो भाइरल भएको छ।
- भिडियोमा योगीले मानसिक शक्तिले भार उठाएको दाबी गरेपनि, तथ्य जाँचले यो एआई प्रविधिबाट बनेको नक्कली प्रमाणित गर्यो।
- एनबीटी फ्याक्ट चेक र अन्य उपकरणहरूले भिडियो नक्कली भएको पुष्टि गर्दै, यसमा कुनै सत्यता नभएको जनाए।
नयाँ दिल्ली । सामाजिक सञ्जालमा विभिन्न प्रकारका भिडियोहरू प्रायः भाइरल भइरहेका हुन्छन् । यस्तै एउटा भिडियो भारतमा अहिले भाइरल बनिरहेको छ । जहाँ एक बाबाले जिम हलमा हात नै नलगाई १५० किलो वजन उठाएको दाबी गरिएको छ ।
केही मानिसहरूले यसलाई नक्कली भनिरहेका छन् भने केहीले यसलाई योगीको चमत्कार भनिरहेका छन् । भारतीय पत्रिका एनबीटी (नवभारत टाइम्स) फ्याक्ट चेकले यस भाइरल भिडियोको सत्यता जाँच गरेको छ ।
जिम हलमा जोगीको वस्त्र लगाएका एक व्यक्तिको भिडियो भाइरल भएको छ, जसमा उनले मानसिक शक्तिले भार उठाएको दाबी गरिएको छ । भिडियोमा एक योगीले केवल मानसिक शक्तिले १५० किलो वजन उठाउन सक्ने दाबी गरिएको छ । यस्तो अवस्थामा प्रश्न उठ्छ– के यो साँच्चै सम्भव छ, वा यो भाइरल भिडियोको पछाडि कुनै रहस्य छ ?
एक प्रयोगकर्ताले यस भिडियोमा प्रतिक्रिया दिँदै भनेका छन् – ‘जब तपाईंको आध्यात्मिक शक्ति तपाईंको शारीरिक शक्तिभन्दा बलियो हुन्छ तब यस्तो काम हुन सक्छ।’ यस्तै अन्य धेरै प्रयोगकर्ताहरूले यसलाई नक्कली बताएका छन् । केहीले भिडियोमा छेडछाड गरेर यस्तो देखाइएको लेखेका छन् ।
भिडियोको सत्यता जाँच
भिडियोमा ती बाबा नछोइकन भारी वजन उठाउँदै गरेको देखिएका छन् । यो दाबी गलत छ, किनभने यो भिडियो एआई प्रयोग गरेर बनाइएको हो । इन्स्टाग्राममा खोजी गर्दा ‘एआई कलाकार’ नामको एक प्रयोगकर्ता खाता फेला पर्यो, जसमा यो भिडियो पाइएको थियो । यसमा लेखिएको थियो– ‘भारतीय योगीले जिममा १५० किलो वजन केवल आफ्नो मनले उठाए ’
भिडियोमा जुन गतिमा वजन हावामा उठिरहेको छ र वरपर उभिएका मानिसहरूको अनुहारमा कुनै परिवर्तन नहुनुले पनि यो भिडियो नक्कली भएको बताउँछ । यो स्पष्ट देखिन्छ कि यो भिडियो एआईले बनाएको हो । ग्रोकले पनि यो भिडियो एआई जनरेटेड डीपफेक भएको बताएको छ, जसले भारतीय योगीद्वारा मनले उक्त वजन उठाउने झूटो दाबी गर्छ ।
पीटीआई फ्याक्ट चेक र हामभ मोडरेसनजस्ता उपकरणहरूले यसलाई ९५ प्रतिशतभन्दा बढी नक्कली पाएका छन् । कुनै वास्तविक प्रमाण फेला परेको छैन ।
तथ्यजाँच निष्कर्षः सामाजिक सञ्जालमा राखिएको यो भिडियो पूर्णत नक्कली प्रमाणित भएको छ । एनबीटी फ्याक्ट चेक, ग्रोक वा च्याट जीपीटी जस्ता अन्य माध्यमबाट जाँच गर्दा यसमा कुनै सत्यता पाइएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण