अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र निःशुल्क, शुल्क मागे कारबाही हुने
बुधबार, ०२ पुस २०८२, २० : २०
काठमाडौँ । नेपाल प्रहरीले अनलाइन माध्यमबाट उपलब्ध गराउँदै आएको प्रहरी चारित्रिक प्रमाणपत्र सेवा पूर्ण रूपमा निःशुल्क रहेको स्पष्ट पारेको छ ।
प्रहरीले बुधबार एक सूचना जारी गर्दै आफ्नो आधिकारिक वेबसाइटमार्फत आवेदन दिने र चारित्रिक प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा कुनै पनि शुल्क नलाग्ने जनाएको हो ।
प्रहरीका अनुसार सेवाग्राहीले प्रहरीको वेबसाइट गई निःशुल्क आवेदन दिन सक्नेछन् । आवेदन स्वीकृत भएपछि चारित्रिक प्रमाणपत्र पनि निःशुल्क रूपमा उपलब्ध हुनेछ ।
प्रहरीले चारित्रिक प्रमाणपत्र बनाइदिने नाममा आर्थिक लाभ लिन खोज्नेलाई कानुनी दायरामा ल्याइने समेत बताएको छ । कसैले यसका लागि आर्थिक लाभ लिन खाेजेमा १०० वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण