सिटी काराबाओ कपको सेमिफाइनलमा
सारांश
- रायन चेर्कीको गोलले म्यानचेस्टर सिटी काराबाओ कपको सेमिफाइनलमा प्रवेश गर्यो, ब्रेन्टफोर्डलाई पराजित गर्दै।
- सिटीले न्युकासल युनाइटेडसँग सेमिफाइनल खेल्नेछ, फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै।
- खेलमा रेफ्रीको निर्णयलाई लिएर विवाद उत्पन्न भयो, ब्रेन्टफोर्डका खेलाडी रातो कार्डको माग गर्दै।
म्यानचेस्टर । रायन चेर्कीको सानदार गोलको मद्दतले ब्रेन्टफोर्डलाई पराजित गर्दै म्यानचेस्टर सिटी काराबाओ कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
सन् २०२१ मा लगातार चौथो पटक उपाधि जितेयता पहिलो पटक अन्तिम चारमा पुगेको सिटीले अब फाइनल प्रवेशका लागि न्युकासल युनाइटेडसँग दुई लेगको सेमिफाइनल खेल्नेछ।
खेलको सुरुवातमा ब्रेन्टफोर्डले आक्रामक फुटबल खेले पनि गोल गर्न नसकेको अवस्थामा फ्रान्सेली फरवार्ड चेर्कीले खेलको ३० मिनेटपछि सिटीलाई अग्रता दिलाएका थिए।
खेलको सुरुवाती चरणमा रेफ्रीको एउटा निर्णयले भने विवाद निम्त्याएको थियो। ब्रेन्टफोर्डका केभिन साडेलाई लडाएपछि सिटीका अब्डुकोदिर खुसानोभले मात्र पहेँलो कार्ड पाएका थिए।
ब्रेन्टफोर्डका खेलाडीहरूले खुसानोभले गोल गर्ने स्पष्ट अवसर रोकेको भन्दै रातो कार्डको माग गरे पनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) उपलब्ध नभएका कारण मैदानमा रेफ्री साम ब्यारोटले दिएकै निर्णय कायम रह्यो। यस निर्णयले पाहुना टोलीका खेलाडीहरू निकै आक्रोशित देखिएका थिए।
दोस्रो हाफमा सिटीले आफ्नो दबाब कायमै राख्यो। युवा खेलाडी निको ओरेलीको प्रहारलाई ब्रेन्टफोर्डका गोलकिपर हाकोन भाल्डिमार्ल्सनले बचाए भने अर्कोतर्फ क्रिस्टोफर एजेरको प्रहारलाई सिटीका गोलकिपर जेम्स ट्राफोर्डले उत्कृष्ट बचाउ गर्दै टोलीको संकट टारेका थिए।
खेलको ६७ औँ मिनेटमा साविन्होको प्रहार विपक्षी डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएपछि सिटीले जित पक्का गर्यो। यस जितसँगै म्यानचेस्टर सिटी वेम्बलीमा हुने फाइनल खेलभन्दा मात्र एक कदम टाढा रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले कसरी मनाउँदैछ वीपी स्मृति दिवस ?
-
कुनै शीर्ष नेतासँग भेटवार्ता भएको छैन : मुख्यमन्त्री आचार्य
-
काठमाडौँ–तराई द्रुतमार्ग निर्माणमा ढिलाइप्रति राष्ट्रियसभा सदस्यहरूको असन्तुष्टि
-
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
-
चालु आर्थिक वर्षमा संसद्मा कुन मन्त्रालयबाट कुन–कुन विधेयक दर्ता हुँदैछन् ?
-
विश्वकप जितको उत्सव मनाउने क्रममा स्पेनमा १३ वर्षीय बालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण