ललितपुरदेखि अयोध्यासम्मका लागि कार्कीको धार्मिक दौड
काठमाडौँ । काठमाडौँका ५५ वर्षीय धावक रामसुन्दर कार्कीले ललितपुरदेखि भारतको उत्तर प्रदेशस्थित अयोध्यामा रहेको राम मन्दिरसम्मको दौड सुरु गर्ने भएका छन्। कार्कीले आगामी चैत ७ गते ललितपुरको गोदामचौरस्थित कार्कीटारमा रहेको हनुमान मन्दिरबाट आफ्नो यात्रा प्रारम्भ गर्ने योजना बनाएका हुन्।
उनी करिब ४ सय ५० किलोमिटरको यो कठिन दूरी चैत १३ गते अर्थात् रामनवमीका दिन अयोध्या पुगेर पूरा गर्ने लक्ष्यमा छन्। यो विशेष दौडको मुख्य उद्देश्य आफूले निर्माण गरेको हनुमान मन्दिरमा २७ फिट अग्लो पित्तलको गदा स्थापना गर्नका लागि आवश्यक आर्थिक सहयोग जुटाउनु रहेको कार्कीले जानकारी दिएका छन्।
यात्राको तयारी र रुट अवलोकनका लागि उनी केही दिनमा पूर्व खेलाडी गोकुल खत्रीका साथमा अयोध्या प्रस्थान गर्दै छन्। कार्कीले यसअघि पनि यस्ता धेरै साहसिक यात्रा सम्पन्न गरिसकेका छन्।
उनले ललितपुरदेखि जनकपुरसम्म पाँच पटक, काठमाडौँदेखि उत्तर प्रदेश एक पटक र भुटानको सीमा फुन्छोलिङसम्मको दौड सफलतापूर्वक पुरा गरेका छन्। उनको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि भने वि.सं. २०६४ मा १०१ दिन लगाएर नेपालका तत्कालीन ७५ वटै जिल्लाको पैदल दौड भ्रमण गर्नु हो।
कार्कीले आफ्नो धार्मिक आस्था र सामाजिक सेवाको भावनालाई जोड्दै यस पटकको अयोध्या यात्रा तय गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन
-
सर्वोच्च अदालतले इजलासको ‘लाइभ स्ट्रिमिङ’का लागि कार्यविधि बनाउँदै
-
विश्वकपको नकआउट समीकरण : अघिल्लो चरणमा पुग्न कसलाई कस्तो नतिजा आवश्यक छ?
-
साउनदेखि ट्राफिक कारबाहीमा कडाइ
-
नेपाली सेनासँग सशङ्कित, ‘सुपर पावर’ ले चलाएको सङ्केत
-
राजेन्द्र राईले भने, ‘नेतृत्वले भुइँतहको वास्तविकता सही रूपमा बुझ्न सक्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण